काठमाडौं, फागुन १७ – संविधान संशोधन विधेयक र स्थानीय निकायको चुनावको बारेमा सत्तारुढ दलले मधेसी मोर्चासँग छलफल गर्दै छन् ।
मंगलबार बिहान साढे १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाबिच संविधान संशोधन विधेयक र स्थानीय निकायको चुनावको बारेमा छलफल हुन लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
संसदमा दर्ता भएको संशोधन विधेयकमाथि सत्तापक्षबाटै अलग–अलग संशोधन दर्ता भएपछि सहमति खोज्न दलहरु छलफलमा जुटेका हुन् ।
मधेसी मोर्चाभित्रको सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले पारित हुने ग्यारेन्टी नभएको संशोधन प्रक्रियामा सहभागी नहुने जनाएपछि मोर्चाका अन्य दलले तराई मधेसका सबै जिल्लालाई दुई प्रदेशमा समेट्ने गरी प्रदेशको सीमांकन मिलाउने संशोधन दर्ता गराएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology