• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पर्यटकीय स्थान सोलुखुम्बुकाे पिके डाँडा

पर्यटकीय स्थान सोलुखुम्बुकाे पिके डाँडा


समायोजन खबर
  • आइतबार, फाल्गुन १ २०७३

  • समायाेजन खबर,२ फागुन

    पिके डाँडा मुख्यतया पर्वतीय पर्यटन गर्न नसक्ने पर्यटकहरूका लागि अति महत्वपूर्ण चुचुरोको रुपमा  अवस्थित छ । यस स्थानमा गोले पिके र च्यावा पिके नामक दुई डाँडा रहेका छन् । पूर्व र पश्चिम जोडी मिलाए झैं उभिएको पिके १३,५०० फिटको उचाइमा रहेका छन् ।

    यहाँ धुपी र सुनपातीको गन्धले आदत बसेका मानिसहरूलाई बाहेक नवागन्तुकहरूलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । यो पिकेको नामाकरण शेर्पा जातिको १६ थर मध्ये दुई थरको नामबाट राखिएको देखिन्छ । शेर्पाहरू परापूर्व कालमा विशेषतया पशुपालन गर्ने गर्थे । यस क्रममा पशुपालनको निम्ति खर्कको आवश्यकता पर्ने भएकाले पश्चिमतिरको खर्क गोलेको भागमा र पूर्वतिरको खर्क च्यावाको भागमा परेकाले पहिचानको लागि आ–आफ्नो थरको नामबाट नामाकरण गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । यहाँ श्रावण संक्रान्तिको दिन ठूलो मेला लाग्दछ ।

    धार्मिक दृष्टिकोणले पूर्वको च्यावा पिकेलाई पिके ल्हाप्चेन कर्वु नामले कुलपूजा गर्ने चलन छ । पश्चिमतिरको गोले पिकेको टुप्पोमा पूजापाठ गर्न टहरो बनाउन खोज्दा एउटा अदृश्य व्यक्तिले अलि तल बनाउ यहाँ मेरो शिरमा होइन भन्ने आदेश भयो र पछि त्यहाँ भयङ्कर अजिङ्गर निस्केको किम्वदन्ती छ । अद्यावधि यहाँ पूजा गर्दा घिउको याक आकारको स्वरुप बनाएर पूजा गर्ने चलन छ । यहाँ प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन पूजापाठ गरिन्छ ।

    धार्मिक पर्यटक तथा दृश्यावलोकन गर्ने पर्यटकहरूका लागि यो डाँडासम्म पुग्न जिरीबाट चौंलाखर्क–ङउर–पिकेडाँडा, झाप्रे गुम्वा, पत्ताले पर्यटन पदमार्ग निर्माण भएको छ भने अर्को बाटो पिकेबाट पाँचपोखरी– ठो हुँदै तामाखानी– फाप्लुसम्म पनि पर्यटन पदमार्ग निर्माण सम्पन्न भएको छ । यस जिल्लाको सदरमुकाम सल्लेरीदेखि उत्तर पश्चिममा अवस्थित पेके डाँडा सूर्योदयको र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्नको लागि प्रसिद्ध छ । यसको अलावा यहाँबाट सगरमाथा लगायत मकालुदेखि अन्नपूर्ण हिमश्रृंखलासम्मको मनमोहक दृश्य देख्न सकिनुका साथै दुर्विनको सहायताबाट काठमाडौं उपत्यका वरिपरिका डाँडाहरू तथा तराईको समथर मैदान समेत देख्न सकिन्छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology