• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गल्कोट स्पोर्ट्स क्लव टोकियोले तेस्रो मैत्रीपूर्ण भलिवल प्रतियोगिता गर्ने

गल्कोट स्पोर्ट्स क्लव टोकियोले तेस्रो मैत्रीपूर्ण भलिवल प्रतियोगिता गर्ने


समायोजन खबर
  • मंगलबार, माघ २५ २०७३

  • टोकियो । गल्कोट स्पोर्ट्स क्लव टोकियोले आगामी में महिनाको १ तारिख टोडा सिटी स्पोर्ट्स सेन्टर टोडा साईतामामा तेस्रो मैत्रीपूर्ण रनिंग कप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
    क्लवले नेपाली नयाँ वर्ष पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका लागि उपयुक्त स्पोर्ट्स सेन्टर अभावमा केही समय ढिला हुन गएको आयोजकले जनाएको छ । यस भन्दा पहिलाका प्रतियोगितामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने प्रतियोगी टीमलाई मात्र पुरस्कारको व्यवस्था गरे पनि यस वर्ष देखि तेस्रो स्थानमा रहेको टीमलाई समेत पुरस्कार दिने घोषणा गरेको छ साथै चार विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

    जापानमा रहेका बिभिन्न संघ संस्थाहरुलाई टीम दर्ताका लागि अनुरोध गर्दै अप्रिल २५ तारिख सम्मको समय सिमा तोकेको छ । साथै उक्त दिन अन्य संघसंस्थालाई कुनै पनि कार्यक्रम तथा प्रतियोगिता नजुधाईदिन समेत गल्कोट स्पोर्ट्स कल्वका महासचिव लक्ष्मण कार्कीले सबैमा अनुरोध समेत गरेका छन ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology