• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निर्वाचनको लागि सविंधान संसोधन अपरिहार्य : त्रिपाठि

निर्वाचनको लागि सविंधान संसोधन अपरिहार्य : त्रिपाठि


समायोजन खबर
  • आइतबार, माघ १६ २०७३

  • माघ १६ , परासी । तराई मधेस लोकतान्कि पार्टिका वरिष्ठ उपाध्यक्ष तथा पुर्व मन्त्री हिर्देश त्रिपाठिले संंविधान संसोधन बिध्येक पास नभए मधेसको कुनैपनि जिल्लामा स्थानीय निकायको निर्वाचन हुन नसक्ने दावी गर्नु भएको छ । स्थानीय निकाय निर्वाचनको बहाना बनाएर सरकारले संसोधन विध्येक पर धकेल्न खोजेको उहाँले आरोप समेत लगाउनु भएको छ ।

    सहिद दिवसको अवसर पारेर लोकतान्त्रिक शिक्षक युनियन नवलपरासीको आयोजनामा आज जनजागृति उच्च मावि गुठिप्रसौनीमा भएको विद्यार्थि खेलाडिहरुलाई पोशाक बितरण कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउनु भएको हो ।

    कार्यक्रममा बेलाटारी श्रोत केन्द्र अन्तर्गतका ५५ वटा विद्यालयका ६ सय जना विद्यार्थिहरुलाई पोशाक वितरण गरिएको हो ।

    गत वर्ष उक्त विद्यालयमा भएको श्रोत केन्द्र्र्र स्तरीय खेलकुद प्रतियोगितामा नेता त्रिपाठिले खेलाडि विद्यार्थिहरुलाई आफुले पोशाक सहयोग गर्ने उदघोष बमोजिम आज उक्त पोशाकहरु बितरण गर्नु भएको हो ।

    कार्यक्रममा लोकतान्त्रिक शिक्षक युनियनका कार्य बाहक अध्यक्ष अतुत कुमार लाल , पुर्व अध्यक्ष शशिभुषण पाण्डे , राष्ट्रिय मावि छिबनीका प्रधानाध्यापक मोती प्रसाद चौधरी , भोला प्रसाद कुर्मि लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology