समायोजन खबर खोटाङ,
दिशा पिसाबको समस्याको कारण स्वास्थ्य उपचार गराइरहेका बालिकाको डाक्टरको लापरवाहीका कारण ज्यान गएको आफन्तहरुले गुनासो गरेका छन् । जन्तेढुङगा गाउँपालिका–५ चिसापानी वाचिपाला घर भएकी १२ वर्षीय कोपीला कार्कीको उपचारको क्रममा डाक्टरको लापरवाहीका कारण ज्यान गएको आफन्तले गुनासो गरेको हो ।
प्राथामिक स्वास्थ्य केन्द्र चिसापानीमा गत बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएकी कार्कीको उपचारकै क्रममा शुक्रबार ज्यान गएको थियो । दिशा पिसाब रोकिएर अस्पताल भर्ना गरिएको बालिकालाई स्वास्थ्य चौकीले उपचार गर्न नसकेपछि थप उपचारका लागि तत्काल रेफर नगर्नु र कार्कीको स्वास्थ्य अवस्थाका विषयमा परिवारलाई जानकारी नगराई उपचार गरिनुले बालिकाको ज्यान गएको मृतकका दाजु नवराज कार्कीले जनाए ।
‘डाक्टरको हेलचेक्र्याईका कारण बहिनीको त निधन भयो अव फर्केर आउदिन तर, आगामी दिनमा अरुलाई यस्तो नहोस’ उनले भने, “समयमा उपचार होस यदि उपचार गर्न सकिदैन भने तत्काल रेफर गर्नुपर्छ, आगामी दिनमा यो गल्ति फेरी नदोरियोस ।” आफुहरुले समयमै उपचारका लागि बाहिर लैजान भनेको तर, आफन्तहरुले उपचारमा लैजान ढिला गरेका कारण बालिकाको ज्यान गएको प्राथामिक स्वास्थ्य केन्द्र चिसापानीका प्रमुख डाक्टर सरोजकुमार शाहले बताए । “बालिकालाई यूटिआई भएको थियो, हामीले सकेसम्म उपचार ग¥र्यौ तर बचाउँन सकेनौं, यसमा हाम्रो लापरवाही छैन् ।” उनले भने ।
मृतक कार्की चिसापानी उच्च माविमा कक्षा ९ मा अध्ययनरत थिईन् ।
२०७५ साउन २७ गते बिहान ११ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology