समायोजन खबर खोटाङ,
मेसिनमा च्यापिँदा मलेसियामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको छ । पानीको बोतल भर्ने र प्याक गर्ने कम्पनीमा कार्यरत २२ वर्षीय आचार्यको मेसिनमा च्यापिएर मृत्यु भएको सुरक्षित आप्रबासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले जानकारी दिईन ।
मलेसियामा सँगै कार्यरत गुल्मीका राजु पछाईका अनुशार आचार्यको शव मेसिनमा च्यापिएको अवस्थामा फेला परेको थियो । २०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि मलेसियास्थित डियु फिडर (एम–एसडिएन–डिएचडी) कम्पनीको फ्याक्ट्रीमा काम गर्न पुगेका थिए । मृतकको शव ल्याउनका लागि पहल भइरहेको छ ।
२०७५ साउन ११ गते साँझ ५ : ४० बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology