चिसाङ शेर्पा,
यसबर्ष खोटाङमा बर्षात सिजनको मध्यभागमा आइपुग्दासम्म जनजिबन सामान्य रहेको छ । देशभरी बाढी पहिरोको प्रकोप बढिरहेको बेला खोटाङमा हालसम्म मानवीय क्षति नभएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय दिक्तेलका अनुसार लामो दुरीका सवारीसाधन प्राकृतिक प्रकोपको बिना अवरोद्ध निर्वादरुपमा सञ्चालन भईरहेको छ । वाढी पहिरोले बन जंगल जमिन कतै कटान नगरेको प्रहरीले जनाएको छ ।
यता, बर्षातमा सडक खाल्डाखुल्डी र हिलाम्मे भएका कारण जिल्लाभित्रका सबै स्थानमा छोटो दुरीका यातायात सेवा गएको असार पहिलो हप्तादेखी नै अवरुद्ध छ । जिल्लाका केही स्थानहरुका भने जीपहरु गुडिरहेको छ । सवारी साधनको हकमा हाल जिल्लाबाट दिक्तेल–काठमाण्डौ, दिक्तेल–धरान, दिक्तेल–विराटनगर, दिक्तेल–कटारीमात्र सिधा यातायात सञ्चालनमा रहेको खोटाङ यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिएका दिनुभयो । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाको सबै स्थानमा पुग्ने एम्बुलेन्स सेवा पनि बर्षातकै कारण बन्द रहेको छ ।
यसैगरी,
जिल्लामा रहेको तीनवटा विमानस्थल पनि मर्मतकै चरणमा भएकाले हवाई सेवा बन्द छ । जिल्लाको दक्षिणी भेगमा रहेको थामखर्क विमानस्थल, लामिडाडाँ विमानस्थल र खानीडाडाँ विमानस्थलमा हवाई यातायात बन्द रहेको जनाइएको छ । ठेकेदारको चरम लापारवाहीका कारण सम्झौता समयमा नै विमानस्थलको काम नगरेका ठेकेदारको मारमा जिल्लाबासी पर्दै आएको छ । जिल्लाबाट सञ्चालन भईरहेको एकमात्र सडक यातायातमा भर परिरहेका जिल्लावासी कथम कदाचित प्राकृतिक प्रकोपको भुमरीमा परे ज्यानै गुमाउनुपर्ने बाध्यता छ ।
हाल सञ्चालनमा रहेको ठूला सवारी साधन सामान्य रुपमा चलिरहे पनि, जीप सेवामा भने ब्यापक मनपरी रहेको यात्रुहरुले गुनासो गरेका छन् । यात्रुहरुका अनुसार एक समयमा बोलाउने, घण्टौ कुर्न लगाउने, एक जीपको टिकट लिदा अर्काे जीपमा पठाउने, काउण्टर तथा रत्नपार्कमा यात्रुलाई अपशब्द प्रयोग गर्ने गरेको उनीहरुले बताएका छन् । जीप सेवामा काठमाण्डौमा पनि ब्यापक लापारबाही रहेको छ । बसमा सरह जीपमा सिट नतोकिएको भएता पनि काउण्टरवालाहरु ‘चालक छेउ, बिचमा, पछाडीजस्ता विभिन्न बहानामा एकै सिटको नाममा २/३ वटा टिकट कटाउने र मन लाग्दो भाडा लिने गरेको कुरामा खोटाङ यातायात व्यवसायी संघ खोटाङका महासचिव हिङमाङ नै स्वीकार्छन् ।’ उक्त समस्यालाई हल गर्नका लागि पहल भईरहेको यातायात व्यवसायिहरु बताउँछन् ।
क्याप्सन : दिक्तेलस्थित बेसक्याम्पमा पार्किङ गरिएका जिपहरु, तस्विर चिसाङ शेर्पा २०७५ असार २९ गते बिहान ११ : ३० बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology