चिसाङ शेर्पा जेठ/१० खोटाङ,
दिक्तेलमा ३ महिने निःशुल्क आधारभूत मोवाईल मर्मत तालिम सुरु भएको छ । जिल्लाका विभिन्न स्थानका दश जना युवाहरुका लागि दिक्तेलमा मोवाईल मर्मत तालिमको सुरुवात भएको हो ।
‘संमृद्ध नेपाल निर्माणका लागि स्वस्थ र कर्मठ युवा’ भन्ने मुल नाराका साथमा राष्ट्रिय युवा परिषद नेपालले प्रत्येक वर्ष सञ्चालन गर्नेे कार्यक्रम अन्तरगत जिल्ला युवा समितिको आयोजनामा बिहीबारदेखी सुरु भएको तालिमलाई खोटाङ अक्वा मिनिरल वाटर उधोगका सञ्चालक तथा मिरमिरे जलका प्रोपाईटर फुर्वा शेर्पाले रिबन काटेर सुरुवात गरेका छन् ।
वेरोजगार युवालाई स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालित तालिममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका नविन खत्री, दिक्तेल २ का विष्णु प्रसाद आयार्य, बाम्राङका अगम कार्की, खाल्लेका एलस खत्री, राज कुमार श्रेष्ठ, नेर्पाका सुमन रिजाल, नुनथलाका विजय विक, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका राजेश विक, विकेश बाबु राई र साकेला गाउँपालिका–५ मात्तिमका सुजन खत्री तालिममा सहभागी रहेका छन् ।
सहभागी प्रशिक्षार्थीलाई समितिकै कार्यालयमा दिक्तेल प्राविधिक शिक्षालयका प्रशिक्षक सन्जीव राईले प्रशिक्षण गराउने जिल्ला युवा समिति खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । सानादेखी ठूलासम्मका कार्यक्रम नेता तथा उच्च ओहोदाका कर्मचारीले उद्घाटन गर्ने परम्परालाई तोड्दै जिल्लाकै युवा उद्यमीको हातबाट तालिमको सुरुवात गरिएको अध्यक्ष राईले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology