• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपराष्ट्रपती चिल्ड्रेन गेम्समा खोटाङ दोश्रो

उपराष्ट्रपती चिल्ड्रेन गेम्समा खोटाङ दोश्रो


चिसाङ शेर्पा
  • मंगलबार, जेष्ठ ८ २०७५

  • चिसाङ शेर्पा जेठ/८ खोटाङ,
    अण्डर १४ उपराष्ट्रपती चिल्ड्रेन गेम्स प्रदेश नम्बर १ टिम छनौट प्रतियोगितामा नेपाल सितोरियो कराते संघ खोटाङ दोश्रो भएको छ । ३ स्वर्ण, २ रजत १ कास्य लिएर टिम दोश्रो हुन सफल भएको हो ।

     

    मोरङको बिराटनगर रंगशालामा सोमबार र मंगलबार भएको प्रतियोगितामा पुरुष एकलकाता तथा ३४ केजि तौल समुहमा सुर्य चन्द्र राईले २ स्वर्ण, ३८ केजि तौल समुह कूमितेमा डुनु राईले १ स्वर्ण, महिला एकलकातामा डुनु राई, ३० केजि तौल समुह कूमितेमा मन्दिप अधिकारीले २ रजत तथा र ३० केजि तौल समुह कूमितेमा अरुणा राईले १ कास्य लिएको थियो ।

     

    टिम दोश्रोसँगै खोटाङका सुर्य चन्द्र राई, मन्दिप अधिकारी, डुनु राई राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । उनीहरुले निकट समयमा उपराष्ट्रपती कपको राष्ट्रिय गेम्समा खेल्ने पाउने प्रशिक्षक मिलन कसजुले जानकारी दिए । प्रतियोगितामा झापा पहिलो सुनसरी तेश्रो भएका छन् । बिजयी टिम समुहले मेडल, प्रमाणपत्र र सर्टिफिकेट पाएका छन् ।

     

    यस्तै, प्रथम एपिएफ खुल्ला अन्तर्राट्रिय सोतो कराते प्रतियोगितामा खेल्नका लागि भोली सुनसरीको धरान उपमहानगरपालिकामा हुने प्रदेश १ को टिम छनौट प्रतियोगितामा खोटाङकै १५ जना खेलाडी पर्तिस्पर्धा गर्दैछन् ।

     

    महिला एकलकातामा रोष्मा राई, महिला समूहकातामा रोष्मा राई, विद्याकला राई, नन्जु राई महिला कुमितेतर्फ ४५ केजि तौलमा नन्जु राई, ५० केजिमा युनिका राई, ५५ केजिमा विद्याकला राई, ६१ केजिमा जस्मिना राई, ६८ केजिमा सोन राई र ६८ं केजि प्लसमा मिसडोना राई प्रर्तिस्पर्धा गर्दैछिन् ।

     

    यसैगरी, पुरूष एकलकातामा मोतिचन्द्र राई, पुरूष समूह कातातर्फ मोतिचन्द्र राई, रूरीहाङ्ग राई, अर्जुन श्रेष्ठ पुरूष कुमितेतर्फ ५० केजि तौलमा पाईलन राई, ५५ केजिमा अर्जुन श्रेष्ठ, ६० केजिमा सन्तोष राई, ६७ केजिमा रूरीहाङ्ग राई, ७५ केजिमा सुजन राई, ८४ केजिमा हरिकाजी राई र ८४ं केजि प्लसमा ईश्वरधन राई रहेका छन् ।  धरानबाट छनौट भएकामध्ये खेलाडीले आगामी शुक्रबार र शनिबार सशस्त्र प्रहरी क्लव काठमाडौंको आयोजनामा हुने प्रथम एपिएफ खुल्ला अन्तर्राट्रिय सोतो कराते प्रतियोगितामा खेल्नेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology