समायोजन खबर बैसाख/२३खोटाङ,
आगलागीबाट बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका पदमराज राई, अकिलराज राई, अगमराज राई र गमराज राईको परिवारलाई २२ हजार आर्थिक सहयोग प्राप्त भएको छ । गत चैत्र २५ गते भएको आगलागीमा बिस्थापित भएका अग्नी पिडितलाई होलेसुङ समुहमा आवद्ध समाजसेबी तथा बुद्धिजिबीले २२ हजार आर्थिक सहयोग गरेका हुन् ।
अग्नी पिडितलाई होलेसुङ समुहका संयोजक जनकराज राईले १० हजार, मुन्धुम अध्येता भोगीराज चामलीङले ३ हजार, समाजसेबी÷लेखक कैलास राईले ३ हजार, शिक्षा मन्त्रालयका शाखा अधिकृत भूपेन्द्रकुमार राईले २ हजार, राजुबिक्रम चामलीङले २ हजार र खड्कबहादुर राईले २ हजार आर्थिक सहयोग गर्नुभएको छ ।
अग्नी पिडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले पनि प्रतिपरिवार ५ हजारका दरले आर्थिक सहयोग गरेको छ । सहयोग कोषले चट्याङ लाग्दा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा ओखरबोटका ६५ वर्षीय सम्बरबहादुर दाहालको परिवारलाई पनि ५ हजार राहत प्रदान गरेको जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology