सरिता राई वैशाख/१८ भोजपुर,
भोजपुर जिल्लाभर १३ जना लेखापालको अभाव रहेको छ । स्थानिय सरकारको निमार्ण भएपश्चात् पहिलो पटक ठुलो सङ्ख्यामा लेखापाल अभाव देखिएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरका अनुसार हाल जिल्लामा दरबन्दी भन्दा कम लेखापाल कार्यरत छन् ।
साल्पासिलिछो गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला मालपोत कार्यालय लगायत १३ कार्यालयमा लेखापाल अभाव रहेको तथ्याङ्क छ । यसअघि सामान्य प्रशासन मन्त्रालयबाट खटाइएका लेखापाल भौगोलिक विकटताले गाउँमा आएर काम गर्न नचाहने कारणले गर्दा दरबन्दी अनुुसारको लेखापाल अभाव रहेको हुन सक्ने नागरीक समाजका अगुवा पर्शुराम तिवारीको बुझाई छ । लेखापाल नहुँदा विभिन्न योजनाको निकासा रकम अवरुद्ध भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology