सरिता राई वैशाख ११/भोजपुर,
भोजपुरको पौवादुङ्मा गाउँपालिकामा एक सय बढीलाई गाउँमै नागरीकता वितरण गरिएको छ । राज्यको सेवा गाउँघरमै उपलब्ध गराउने उदेश्यले स्थानिय तह भएपछि पहिलो पटक यहाँ आयोजित दुई दिने एकिकृत घुम्ती शिविरबाट एक सय १० जनालाई नागरीकता वितरण गरिएको हो ।
यसैगरी शिविर मार्फत ९ जनालाई अपाङगता परिचय पत्र, १ सय ३ जनालाई स्वास्थ्य उपचार सेवा र ९ सय जनालाई जिल्ला भुसंरक्षणबाट विभिन्न जातका बिरुवा वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । त्यस्तैगरी बन कार्यालयले १ सय ५० थान बन सम्वन्धी पुस्तक र ५ सय ओटा पम्प्लेट वितरण गरेको बताइएको छ । शिविरबाट यहाँका स्थानिय निकै हर्षित भएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology