• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा चार नाटक मञ्चन

खोटाङमा चार नाटक मञ्चन

‘डबली’ कार्यक्रम गर्दै सकियो दश दिने प्रशिक्षण


चिसाङ शेर्पा
  • शुक्रबार, चैत्र ३० २०७४

  • चिसाङ शेर्पा चैत्र/३० खोटाङ,
    खोटाङमा चारवटा नाटक मञ्चन गरिएको छ । जिल्लामै पहिलोपल्ट गायन, बाद्यबादन, नाच र नाटक प्रशिक्षण कार्यक्रमको समापनको दिन पृथ्वी, समाज, मूर्ति र हाम्रो घर नामक नाटक मञ्चन गरिएको हो ।

     

    खोटाङगे प्रतिभाहरुलाई लक्षितगरी गत चैत्र २० गतेदेखी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल डाडाँगाउँ सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनमा शुरु भएको चार विधाको प्रशिक्षण संयुक्त प्रस्तुती ‘डबली’ कार्यक्रमको आयोजना गरी उक्त नाटक मञ्चन गरिएको हो ।

     

    द्यशदिन अवधिमा सिकेका विभिन्न उपलब्धीलाई सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरेर शुक्रवार समापन गरिएको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र शुभद्रा–मदन फाउण्डेसनको संयोजन/व्यवस्थापन तथा साईनो कला केन्द्रको सहयोगमा भएको कार्यक्रमको अन्तिम दिन निशा राईले निर्देशन गरेको नाटक ‘पृथ्वी’ निरब राईले निर्देशन गरेको नाटक ‘समाज’ वसन्ती राईले निर्देशन गरेको नाटक ‘मूर्ति’ र पेशल राईले निर्देशन गरेको नाटक ‘हाम्रो घर’ नामक नाटक मञ्चन गरिएको थियो । राष्ट्रभाव तथा समाजमा घटिरहने समसामयिक कुरालाई हुबहु नाटकमा मञ्चन गरिएको थियो ।

     

    सयौ कलाकर्मी, साहित्यकार, संगतीकार, गीतकार तथा गायक/गायिकाको भेलामा भएको कार्यक्रममा रागयमन, बेशिक डान्स स्टेप, गीत, सामुहिक/एकल मादल बादन, तामाङसेलो नृत्य, आधुनिक नाचजस्ता विविध प्रस्तुतीहरु देखाईएको थियो । जिल्लाका विभिन्न स्थानका १ सय ३५ जना तालिमबाट लाभान्वित बनेको शुभद्र–मदन फाउण्डेसनका सञ्चालक सुर्य राईले बताए ।

     

    वाध्यवादनमा खड्ग बहादुर बुढा मगर, नृत्यमा छवि थापा, गायनमा आकाश गोर्खाली र नाटकमा सोनु जयन्तीले प्रशिक्षण दिनु भएको थियो । नृत्यमा ४२ जना, नाटकमा ३५ जना, गायनमा ३८ जना र वाध्यवादनमा २० जनाले सहभागिता जनाएको थियो । नयाँवर्षको स्वागत तथा पूरानो वर्षको विदाई लक्षितगरी आयोजित कार्यक्रममा दर्जनौ ब्यक्तीहरु सम्मानित भएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology