चिसाङ शेर्पा चैत्र/२६ खोटाङ,
दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पचास प्रतिशत पुरा भएको छ । कराते प्रतियोगिताको लोगो, मस्कट सार्वजनिक गर्दै प्रतियोगिताको आधा तयारी सकिएको सोमवार जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा जानकारी गराईएको हो ।
जिल्लाको सादा नक्सा भएको मस्कट तथा जनवार मध्येको राजा सिंह र खेलकुदको राजा कराते भएकाले सिंह र बाघको फोटो राखेर बनाईएको लोगो सार्वजनिक गरिएको थियो । मस्कट सार्वजनिक कार्यक्रममा सितोरियो कराते संघले जिल्लाका पत्रकारलाई दोश्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको लागो भएको ज्याकेट वितरण गरेको छ ।

दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको लोगो
नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा १७ स्वर्ण, १७ कास्य ३४ पदकगरीे ६८ पदकको लागि आगामी बैशाख २० गतेदेखी २२ गतेसम्म सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा हुने प्रतियोगिताका लागि मञ्च, प्याराफिटको काम आधा र आर्थिक संकलन ४० प्रतिशत पुरा भएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए । ऐसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाबाट प्रतियोगिताका लागि सहयोग रकम विनियोजन भईसकेकोे र अन्य गाउँपालिका तथा नगरपालिकाबाट सहयोग रकम आउने क्रम जारी रहेको अध्यक्ष राईले जानकारी दिए ।
करीब ५० लाख लागतमा हुने प्रतियोगितामा आयोजकसहित १५ टिमले सहभागिता जनाउने छन् । नेपालको ७ प्रदेशको एक/एक टिम, अन्तर्राष्ट्रिय टिमहरु भारत, श्रीलंका, भुटान, बंगलादेश, बिभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको सहभागिता रहने नेपाल सितोरियो कराते संघ खोटाङले जनाएको छ ।
अन्तर्राष्ट्रिय टिममा हाल भारत र भुटान निश्चित भएको र अन्य दुई राष्ट्रको भने टुंगो भईसकेको छैन । खेल संस्कृतिको विकास गर्दै खोटाङलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले सञ्चालन हुने प्रतियोगिताका टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजारका साथ ट्रफि र प्रमाणपत्र पाउनेछ । अनुशासित टिम, उत्कृष्ट मार्चपास टिम, उत्कृष्ट महिला/पुरुष, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक तथा अनुशासित पुरुष/महिलाले जनही २०/२० हजार नगद पुरस्कार हात पार्नेछ ।

दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको मस्कट
बैसाख तेश्रो साता खोटाङमा सञ्चालन हुने खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागीताका लागि आयोजक टिम छनौट गरिएको छ ।
नेपाल सितोरियो कराते संघको आयोजनामा आगामी बैसाख २०, २१ र २२ गते दिक्तेलको माटिकोरे खेलमैदानमा सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागीताका लागि आयोजक टिम छनौट गरिएको हो । छनौट प्रतियोगीतामार्फत महिला कुमितेतर्फ ४० केजी समुहमा सलिना भुजेल, ४५ केजी समुहमा नन्जु राई, ५० केजी समुहमा रोस्मा राई, ५५ केजी समुहमा बिद्याकला राई, ६१ केजी समुहमा जस्मिना राई र ८६ केजी समुहमा मिसडोना राई छानिएकी आयोजक नेपाल सितोरियो कराते संघको खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।
यस्तै, पुरुष कुमितेतर्फ ४० केजी समुहमा प्रशान्त राई, ४५ केजी समुहमा प्रज्वल लिम्बू, ५० केजी समुहमा बिकल राई, ५५ केजी समुहमा मोतीचन्द्र राई, ६० केजी समुहमा सन्तोष राई, ६७ केजी समुहमा सुजन राई र ७५ केजी समुहमा ईश्वरधन राई छानिएका छन् । महिला एकलकाँतातर्फ रोश्मा राई र पुरुष एकलकाँतामा मोतीचन्द्र राई चयन भएका छन् । महिला समुहकाँतामा रोश्मा राई, विद्याकला राई र सलिना भुजेल तथा पुरुष समुहकाँतामा सुमन राई, सुर्यचन्द्र राई र उत्साह राई छानिएको नेपाल सितोरियो कराते संघले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology