• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ आईडलको ग्राण्ड फिनाले शनिबार, को-को छन् उत्कृष्ट पाँचमा

खोटाङ आईडलको ग्राण्ड फिनाले शनिबार, को-को छन् उत्कृष्ट पाँचमा

नेपाल आईडल टपआठ उल्सनदेखी रेवतसम्मको बेजोड प्रस्तुती रहने


चिसाङ शेर्पा
  • शुक्रबार, चैत्र २ २०७४

  • चिसाङ शेर्पा चैत्र/२ खोटाङ,
    चर्चित सांगीतिक रियालिटी खोटाङ आईडलको ग्राण्ड फिनाले शनिबार हुने भएको छ । फाईनल अडिसनका लागि छैठौ अडिसनबाट छनौटमा परेका उत्कृष्ट ५ जनाले कलाको माध्यमबाट घम्साघम्सी गर्दैछन् ।

     

    खोटेहाङ गाउँपालिका–१ सिम्पानीकी २१ बर्षिय दिपा राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २३ बर्षिय अमिता राई, केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका १८ बर्षिय सुमन राई, दिप्रङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका २३ बर्षिय रोहित चाम्लिङ र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका १६ बर्षिय तेज राई ग्राण्ड फिनालेमा जम्ने भएका हुन् ।

     

    ‘गला र कलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले गत मंसिर २३ बाट शुरु गरेको आईडलको फाईनल अडिसनबाट पहिलो अर्थात खोटाङ आईडलले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ गर्न पाउने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।

     

    दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ । पुरस्कारहरु बिदेशमा बसोबास गर्ने खोटाङगेबाट जुटेको हो ।

     

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती उच्च माविको प्राङगणमा हुने ग्राण्ड फिनालेका लागि गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक तथा संगीतकार भीमसेना राई जजमेन रहने आयोजकले जनाएको छ ।

    आयोजकका अनुसार सातौ चरणसँगै समापन हुने आईडलमा नेपाल आईडल टप आठ उल्सन श्रेष्ठ, गायक रेवत राई, गायक आशिष ताम्राकारको बेजोड प्रस्तुती रहने जानकारी दिएको छ । आईडललाई सभ्य, भव्य र शान्तमय बनाउन ३०० रुपैयाँ टिकट सिष्टम राखिएको आयोजकको भनाई छ ।

    को–को छन् उत्कृष्ट पाँच जना

    नाम : अमिता राई


    उमेर : २३ बर्ष
    शिक्षा : प्रबेशिका परिक्षा उतिर्ण
    ठेगाना : रुपाकोट मझुवागढी नगरपालिका–५लफ्याङ
    विवाहित/अविवाहित : विवाहित
    छैठौ अडिसनमा आएको भोट : ४ हजार ९४०

    नाम : रोहित चाम्लिङ


    उमेर :२३ बर्ष
    शिक्षा : ब्याचलर
    ठेगाना : दिप्रुङ गाउँपालिका–३ छोरम्बु
    विवाहित/अविवाहित : विवाहित
    छैठौ अडिसनमा आएको भोट : २ हजार ६७२

    नाम : सुमन राई


    उमेर : १८ बर्ष
    शिक्षा : प्रबिणता प्रमाणपत्र उतिर्ण
    ठेगाना : केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा
    विवाहित/अविवाहित : अविवाहित
    छैठौ अडिसनमा आएको भोट : ४ हजार ९९६

    नाम : तेज राई


    उमेर :१६ बर्ष
    शिक्षा : कक्षा ९ माउण्ट एभरेष्ट बोर्डिङ विद्धालय
    ठेगाना : केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर
    विवाहित/अविवाहित : अविवाहित
    छैठौ अडिसनमा आएको भोट : २ हजार ६८८

    नाम : दिपा राई


    उमेर : २१ बर्ष
    शिक्षा : ब्याचलर
    ठेगाना : खोटेहाङ गाउँपालिका–१ सिम्पानी
    विवाहित/अविवाहित : विवाहित
    छैठौ अडिसनमा आएको भोट : ७ हजार ५२३

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology