• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा बीमाको इतिहास : किन महशूस गरियो बीमाको आवश्यकता ?

नेपालमा बीमाको इतिहास : किन महशूस गरियो बीमाको आवश्यकता ?


समायोजन खबर
  • बिहिबार, चैत्र १ २०७४

  • समायेाजन  खबर । नेपालमा बीमाको इतिहास धेरै पुरानो छैन् । वि.सं. २००७ सालको क्रान्तिभन्दा पहिले रघुपति जुट मिल २००३, जुद्द म्याच फ्याक्ट्री, विराटनगर कटन मिल, बीरगन्ज कटन मिल स्थापना भएका थिए । तिनको वित्तीय सहयोगको निमित्त नेपाल बैंक लिमिटेड बि.सं. १९९४ मा स्थापना भएपछि औधोगिक प्रतिष्ठानको स्थापनाको साथै बीमा कम्पनिको आवश्यकता महशूस भएको थियो । बैंकले कर्जा प्रवाह गर्दा केही भारतीय बीमा कम्पनीले नेपालमा निर्जिवन बीमा सुरु गरेको पाइन्छ । बीमाको आवश्यकताको फलस्रुप नेपाल बैंक लिमिटेडको सक्रियतामा वि.सं. २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना भयो । यो संस्था नेपाल कम्पनी ऐन अन्र्तगत पाँच लाखको मुल धनमा नेपाल बैंक लिमिटेडले पुर्ण  स्वामित्वमा स्थापना भएको थियो । वि.सं. २०१६ सालमा यो कम्पनी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लि. मा परिर्वन भयो यसलाई वि.सं. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लि. को पुरा नाममा पुर्णरुपले निर्जिवन बीमाको कार्य गर्ने गरी पुनः नामाकरण गरियो ।

    वि.सं. २००७ सालको राजनैतिक परिवर्तनले देशमा विकासको लहर आउँन थाल्यो । यातायातको विकासको साथै कलकारखानाहरु खुल्न थाले व्यापार व्यवसायको विकास हुन थाल्यो । वि.सं. २०२५ साल अघिसम्म धेरै भारतिय बीमा कम्पनीहरु नेपालमा आए र गए पनी । त्यस बखतसम्म स्थायी रुपमा रहेको बीमा कम्पनीमध्ये रुवि जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (हाल नेसनल इन्स्योरेन्स कम्पनी), दि ओरियन्न्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टर्लिङ इन्स्योरेन्स कम्पनी लिमिटेड (पछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा गाभिएको) आदि प्रमुख थिए वि.सं. २०२४ साल पौष १गते रु. एक करोडको अधिकतम पुँजीमा राष्ट्रिय बीमा संस्थान प्रा.लि. को स्थापना भयो ।

    राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ आएपछि यसलाई राष्ट्रिय बीमा संस्थानमा परिर्वतन गरियो । यसले स्थापनाको प्रारम्भमा निर्जिवनमा बीमाको कार्य गरी २०२९ देखि जीवन बीमा प्रारम्भ गर्यो । वि. सं. २०४६ साल अगाडी बीमा व्यावसाय गर्ने निजि स्तरको कम्पनीको रुपमा २०४४ सालमा नेसनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनरु लिमिटेडको मात्र स्थापना भएको थियो यसले सुरुमा निर्जिवन बीमा व्यावसाय र त्यसको दुई बर्ष पछि मात्र जीवन बीमा व्यावसाय गनर्् स्वीकृति पाएको थियो ।

    नेपालमा प्रजातन्त्रको पुनर्वहाली पश्चात २०४६।४७ सालमा नेपाल सरकारले अपनाएको आर्थिक उदारीकरणको फलस्वरुप विभिन्न निर्जिवन तथा जीवन बीमा कम्पनीहरुले बीमा व्यावसाय गर्ने इजाजत पाए । त्यसअनुसार हालसम्म १६ वटा निर्जिवन, १७ वटा जीवन र १ जीवन र निर्जिवन दुवै व्यावसाय गर्ने बीमा कम्पनीहरु नेपालको बीमा बजारमा कार्यरत रहेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology