• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘बेला बेला हराउनेलाइ के माया गर्नु’ भन्दै बिकासले गरे दोश्रो एल्बमको तयारी

‘बेला बेला हराउनेलाइ के माया गर्नु’ भन्दै बिकासले गरे दोश्रो एल्बमको तयारी

कुनै सपनाले सुत्न सिकाउँछ तर, मेरो सपनाले सुत्न बिर्साएको छ


चिसाङ शेर्पा
  • मंगलबार, फाल्गुन २९ २०७४

  • चिसाङ शेर्पा फागुन/२९ खोटाङ,

    ‘बेला बेला हराउनेलाइ के माया गर्नु’ फोन संवादमा त्यो आवाज सुन्दा अनौठो लाग्यो । र, प्रेममा धोका पाएको अुनभव पनि भयो, यथार्थ त्यो थिएन ।

    “सपनाले खाना, बस्न र सुत्न दिएन उहाँले भन्नुभयो “कुनै सपनाले सुत्न सिकाउँछ तर, मेरो सपनाले सुत्न बिर्साएको  छ ।”

    खोटाङका जाँगरिला युवा गायक बिकास संगम राई आफ्नो दोश्रो गीति एल्बमको पहिलो पटक रेर्कड भएको गीत सुनाउदै थिए । सोमबार भर्जिन रेर्कडिङ स्टुडियो नक्सालमा रेर्कडिङ सम्पन्न गीतसँगै आफू दोश्रो एल्बमको काम गर्न थालेको खबर दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका इश्वरमान राई र धनकुमारी राइको कोखबाट जन्मिनु भएका २४ बर्षिय जाँगरिला युवा गायक बिकास ‘घायलचरी’ नामक एल्बमपछी दोश्रो एल्बममा जुटेका हुन् ।

    होचो कद, गहुंगोरो बर्ण भएका जाँगरिला युवा गायक बिकास सानै उमेरमा भिरपाखा, डाडाँटोल, मेलापात, विद्धालय र गाउँघरका कार्यक्रममा गीत गाउँदै ठूलो भएपछी साँच्चीकै गीत गाउने सपना पुरा हुंदै गएको उनले फोनबाट सुनाए । सपनाले खाना, बस्न र सुत्न दिएन उहाँले भन्नुभयो “कुनै सपनाले सुत्न सिकाउँछ तर, मेरो सपनाले सुत्न बिर्साएको छ ।” तीनबर्ष अघि संगीतबजारमा रुमलिदै राजधानीमा संर्घष गर्न थालेका उनले, संगीत यात्रामा केही गती लिएजस्तो लागेकोे सुनाए ।

     

    निक्कै संघर्ष मेहेनत गरी बर्षदिन अगाडी ‘घायलचरी’ एल्बममा पाच गीत समाबेशगरी नेपाली संगीत नगरीमा उदाएका विकासले कर्ण रसाईलीको शब्द, कन्काईष्ट राईको संगीतमा रहेको गजल गीत ‘बेला बेला हराउनेलाइ के माया गर्नु’ दोश्रो एल्बमका लागि तयार भईसकेको बताए । काठमाण्डौ बसुन्धारास्थित नयाँ मार्गी सँगित बिद्धालयमा बरिष्ठ संगीतकार डाक्टर किरातको साथमा सँगित सिकिरहेका उनले दोश्रो एल्बमको नाम के रहने भन्नेमा यक्किन नभए पनि ६ वटा गीत रहने जनाए ।


    लामो समयको मेहनतपछि पहिलो एल्बम निकाले र सोहि एल्बममा रहेका गितहरुलाइ श्रोताहरुले निकै नै प्रशंसा र साथ दिएकाले दोश्रो एल्बम निकाल्ने तयारीमा हौसिएको बताउदै युवा गायक बिकासले आगामी दिनमा आउने दोश्रो एल्बमका गितहरु उतिक्कै मिठास र कर्णप्रिय हुने बताए । पहिलो एल्बमबाट नै सुखद अनुभव बटुले बिकासले भने, दोश्रो एल्बममा पप फ्लेभर, लोक आधुनिक र पप आधुनिक गीत समाबेश हुनेछ । उनका अनुसार गाउँघरमा बस्दा, रुपै मोहनी, पुर्बै धरानकी, नबोलेर तिमीलाईजस्ता गीत रहनेछ ।

     

    नेपाली संगीतक्षेत्रमा ज्यादै दुख भए पनि त्यति नै सन्तोष मिल्ने युवा गायक बिकासले समायोजनखबर अनलाईनलाई बताए । श्रोता तथा दर्शकको मायाले अगाडी बढेका उनी आफू गीत लेख्ने र संगीत भर्ने काम पनि गर्छन् । घामपानी, धुलोधुवा नभनी राजधानीमा बसेर नेपाली संगीत बजारमा भविष्य खोजिरहेका युवा गायक बिकासको बजारमा आईसकेको ‘घायलचरी’ एल्बमको ‘म त घायलचरी सरी हुन्छु’ बोलको म्युजिक भिडियो बजारमा आइसकेको छ । म मरेर गए भने, नत्थि वालिले, ए मेरि आमा, दिक्तेल बजारजस्ता गीतहरुको भिडियोको काम भईरहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology