चिसाङ शेर्पा फागुन/२९ खोटाङ,
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले आर्थिक वर्ष २०७५/०७६ का लागि ४४ लाख हाराहारी अनुमानित बजेट तर्जुमा गरेको छ । ३१ औं जिल्ला सभा गर्दै रेडक्रसले नयाँ आर्थिक बर्षका लागि बजेट तर्जुमा गरेको जनाएको छ ।
सोमबार आफ्नो भवनको तालिमहलमा जिल्ला सभा गर्दै रेडक्रसले २०७३ चैत्र १ देखी २०७४ फागुनसम्मको बार्षिक प्रगती बिवरण, आव २०७३/०७४ को आर्थिक प्रतिबेदन सार्वजनिक गरेको थियो । रेडक्रस जिल्ला शाखा खोटाङका कार्यबहाक मन्त्री छत्रकुमार वजिमयले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष लिला बहादुर खत्रीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
जिल्लामा रहेका २३ रेडक्रस उपशाखा मध्ये १६ उपशाखाको उपस्थिती रहको सभामा ‘आकस्मिक रक्त सञ्चार’ सेवा मार्फत बर्षदिनमा रक्तदान गर्नुहुने २५ जनालाई खादा ओढाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका कार्यक्रम अधिकृत तेज श्रेष्ठले जानकारी दिए ।
सभामा जिल्लामा भुईपरी आउने बिपत्ती तथा आकस्मिक बिरामीका लागि अझै पनि ब्लड बैंक नभएको र त्यसलाई मध्यनजर गरेर ‘ब्लड बैंक’को आवाश्यकताको बारेमा बहस चलेको थियो । कार्यक्रमका बिशेष अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले ‘जिल्लामा ब्लड बैंकको नितान्त आवाश्यक रहेको प्रष्ट पार्दै रेडक्रसले तोकेको समय सिमाभित्र बैंक स्थापना गर्न अन्यन्त्रबाट बजेट अपुग भए नगरपालिकाले सक्दो सहयोग गर्ने जनाए ।’
खोटाङका प्रमुख जिल्ला अधिकारी तथा जिल्लासभा कार्यक्रमका अतिथि एकदेब अधिकारीले प्रशासन तथा कर्मचारी मिलन केन्द्रको तर्फबाट ब्लड बैक स्थापना गर्न एकलाख आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको रेडक्रसले जनाएको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका सभापति कुमार सिं बस्नेतको सभापतित्वमा समापन भएको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology