• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तोकिएको मापदण्ड पूरा नगर्ने विद्यालयको खाता रोक्का

तोकिएको मापदण्ड पूरा नगर्ने विद्यालयको खाता रोक्का


समायोजन खबर
  • सोमबार, माघ २४ २०७३

  • खोटाङ, माघ २४ गते । जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो । तोकिएको मापदण्ड पूरा गर्नासाथ रोक्का गरिएको विद्यालयको खाता फुकुवा गरिने जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो । “जिल्लाका विद्यालय मनपरी तरिकाले सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “कम्तीमा नियमअनुसार सञ्चालन होस् भनेर विद्यालयको खाता रोक्का गरिएको हो ।”

    विद्यालयको खाता रोक्का गरेपछि रोक्कामा परेका विद्यालयमा काम गर्ने शिक्षकले तीन महिनादेखिको तलब खान पाएका छैनन् । जिल्लामा प्रावि, निमावि र मावि गरी चार सय ९० वटा विद्यालय सञ्चालनमा रहेका छन् ।

    शिविरमा एक सय ४० जनाको उपचार

    नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ४० जनाले सेवा लिएका छन् । खोटाङको शेरगण मुडे ब्यारेकले आइतबार दिक्तेल नगरपालिका–९ स्थित सुर्केडाँडा निमाविमा सञ्चालन गरेको शिविरमा विद्यार्थी, शिक्षक र अभिभावकले निःशुल्क सेवा लिएका हुन् ।

    गणका सेनानी अर्थजङ्गबहादुर सिंको नेतृत्वमा सञ्चालित शिविरमा उपचारका लागि आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको जनाइएको छ । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology