• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कनक कुमारी पोखरेल स्मृती प्रतिष्ठानद्धारा ६ ब्यक्ति सम्मानित

कनक कुमारी पोखरेल स्मृती प्रतिष्ठानद्धारा ६ ब्यक्ति सम्मानित


चिसाङ शेर्पा
  • मंगलबार, फाल्गुन १५ २०७४

  • सांकेतिक तस्विर ।

    चिसाङ शेर्पा फागनु/१५ खोटाङ,
    ‘कनक कुमारी पोखरेल स्मृती प्रतिष्ठान’ खार्पाले रावाबेंशी गाउँपालिकाभित्रका उत्कृष्ट ६ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानको छैठौ वार्षिक कार्यक्रमको अवसरमा मंगलबार शारदा मावि खार्पामा रावाबेंशी गाउँपालिका-५ दुबेकोल स्वास्थ्य चौकीमा कार्यरत स्वयंसेविका रेनुका थापा मगर, सोही गाउँपालिका–३ लामिडाडाँ स्वास्थ्य चौकीमा कार्यरत स्वयंसेविका सुशिला रिजाललाई सम्मान गरिएकोे हो ।

     

    यसैगरी, शारदा उच्च माविका उत्कृष्ट तथा दलित जनजाती ४ जना बिधार्थीहरु कक्षा ११ की सविना बरुवाल, रमा तामाङ र कक्षा १२ बाट बिष्णु बहादुर उपरकोटी र देविकला रार्ई सम्मानित भएको कनक कुमारी पोखरेल स्मृती प्रतिष्ठानका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो ।

     

    सम्मानित ६ जनाले जनही पाँच/पाँच हजारका साथमा सम्मानपत्र पाएका छन् । आमा शिर्षकको विद्धालय स्तरिय कविता प्रतियोगितामा विष्णु बहादुर उपकोटी पहिलो, कृष्ण गिरी दोश्रो, सविना बरुवाल तेश्रो र मिना रेग्मी सान्त्वना भएकी थिईन् । कविता प्रतियोगितका पहिलो, दोश्रो, तेश्रो र सान्त्वनाले क्रमश क्रमश ५ सय, ३ सय, २ सय र सान्त्वनाले १ सय नगद पुरस्कार प्राप्त गरेका छन् ।

     

    उत्कृष्ट ६ तथा कविता प्रतियोगितका बिजयीहरुलाई कनक कुमारी पोखरेल स्मृती प्रतिष्ठान अक्षयकोषको ५ लाख साँवाको ब्याजको रकमले सम्मान गरिएको हो । उत्कृष्ट ६ र अन्यलाई प्रतिष्ठानका अध्यक्ष धातृ प्रसाद सुवेदी र प्रतिष्ठानका संस्थापक पुष्पमणी पोखरेलले पुरस्कार बितरण तथा सम्मान गर्नु भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology