• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश नं. १ र ४ को ऐतिहासिक प्रदेशसभाको प्रथम बैठक बिहान ११ बजेबाट सुरु

प्रदेश नं. १ र ४ को ऐतिहासिक प्रदेशसभाको प्रथम बैठक बिहान ११ बजेबाट सुरु


समायोजन खबर
  • सोमबार, माघ २२ २०७४

  • समायोजन खबर माघ/२२ खोटाङ,

    प्रदेश नम्बर १ र ४ को प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको पहिलो बैठक बस्ने भएपछि विराटनगर र पोखराको बैठक स्थल वरपर चहल पहल बढेको छ । दुवै प्रदेशको  बैठक अहिले बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकका लागि केही सांसद् सभास्थल पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन् ।

     

    प्रदेश नम्बर १ को बैठक विराटनगरमा बस्ने छ भने प्रदेश नम्बर ४ को बैठक पोखरामा बस्दैछ । बैठकका लागि सबै तयारी पूरा भएको बताइएको छ । एक नम्बर प्रदेशको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्दैछन् । सभामुख छनोट नहुँदासम्म जेष्ठ सदस्यले अध्यक्षता गर्ने प्रावधानअनुसार सरावगीले बैठक सञ्चालन गर्न लागेका हुन् ।

     

    आजैको बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । यद्यपि, प्रदेश १ मा सभाुमखको निर्वाचन माघ २९ मा गर्न दलहरु यसअघि नै सहमत भइसकेका छन् । त्यसैगरी पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक पनि आज बस्दैछ ।

     

    बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।  प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गर्ने सो बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढिनेछ ।

     

    त्यस्तै आजको बैठकले आन्तरिक कार्य्विधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् । संघीय व्यवस्थाअनुरुप प्रदेश नं ४ को पोखरामा हुन लागेको आजको प्रथम बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

     

    प्रदेश ४ ले पनि आज बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश ४ को अस्थायी मुकाम पोखरामा पहिलो बैठक बस्न लागेको हो । ७ प्रदेशमध्ये ५ वटाको पहिलो बैठक यसअघि नै सम्पन्न भइसकेको छ । प्रदेश ३ को पहिलो बैठक माघ १८ मा भएको हो भने २, ५, ६ र ७ को आइतबार बसेको थियो ।हिमालय टाइम्स

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology