चिसाङ शेर्पा माघ/१५ खोटाङ,
खोटाङमा जारी बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको लोक आधुनिक राउण्ड मंगलबार हुंदैछ । मल्टिराउण्ड अडिसन पार गरेका २९ जना प्रर्तिस्पर्धीहरु लोक आधुनिक राउण्डमा घम्साघम्सी गर्ने भएका हुन् ।
‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा निखारिएका २९ जना गायक तथा गायिका रहेका छन् ।
परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको लोक आधुनिक राउण्ड अडिसनबाट १५ जनालाई अगाडी लगिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । १५ जनामा झारिएसँगै भोटिङ सिष्टम शुरु हुने संयोजक राईले बताए ।
मंगलबार हुने लोक आधुनिक राउण्डका लागि गायक पृथी जिम्बा, भक्त बिक र राजन पुर्बेली निर्णायकमा रहने आयोजकले जनाएको छ । १५ जना झारिएसँगै प्रर्तिस्पर्धीले आफ्नो भोटिङ कोड पाउने र विभिन्न सञ्चार माध्यमबाट कार्यक्रम प्रसारण गरिनेछ ।
संगम राई दोर्पा, प्रबृत्ति राई बतासे, रुपेश राई जन्तेढुंगा, देवन सुप्तिहाङ खोटेहाङ, दिपा राई सिम्पानी, अजय राई सिम्पानी, ईजु राई, सुमन राई केपिलासगढी, कञ्चन राई ऐसेलुखर्क, ईशारा चेली राई कुभिण्डे, रोशन लिङदेन पाथेका, आयन राई नेर्पा, अनुका राई पाथेका, तेज राई सप्तेश्वर, अमिता राई लफ्याङ, केदार अनुरागी खार्मी, सिर्जना राई खाल्ले, पर्शुराम गजमेर खार्मी, रोहित चाम्लिङ दिपु्रङ, युवराज राई नुनथला, गौरब आले हलेसी, राजन गिरी बुईपा, शन्देस राई नुनथला, उमेश राई खार्मी, देबेन्द्र रोका निर्मलीडाडाँ, योगेन दुमी ऐसेलुखर्क, भरत मगर खार्पा, शुष्मा राई हलेसी, सुजता परियार रतन्छा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology