• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रसंग अनेरास्वबियु २१ औं जिल्ला अधिबेशन : कक्षा दो¥र्याएको छैन, खेमराज नै अध्यक्ष बन्नुहुन्छ-घिमिरे

प्रसंग अनेरास्वबियु २१ औं जिल्ला अधिबेशन : कक्षा दो¥र्याएको छैन, खेमराज नै अध्यक्ष बन्नुहुन्छ-घिमिरे


चिसाङ शेर्पा
  • बिहिबार, माघ ११ २०७४

  • चिसाङ शेर्पा माघ/११ खोटाङ,
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन खोटाङको २१ औं जिल्ला अधिबेशन आगामी माघ १५ गते हुने भएको छ । ‘शैक्षिक क्षेत्रमा सवै पक्ष, परिवर्तन हाम्रो लक्ष्य’ भन्ने मुल उद्देश्यका साथमा आगामी सोमबार रावा क्याम्पस खार्पामा अधिबेशन हुने भएको हो ।

     

    अधिबेशन आयोजक कमिटी ओमप्रकाश घिमिरेको संयोजकत्वमा गठित ३२ सदस्य कमिटी गठन भएको छ । अबिधेशनबाट सर्बसम्मत रुपमा नेतृत्व चयन गरिने र अध्यक्षमा कमिटीका उपाध्यक्ष खेमराज देउसालीलाई सर्वसम्मत चयन गरिनेछ । २०७२ साउन २२/२३ गते पुष्पलाल स्मृती भवन दिक्तेलमा अनेरास्ववियु जिल्ला कमिटी खोटाङको पुर्नगठनगरी घिमिरेको अध्यक्षतमा कमिटी निर्माण गरिएको थियो ।

     

    अनेरास्वबियुको विधानमा अबिधेशन वर्षदिनमा गर्नुपर्ने नियम भएपनि भौगोलिक विकटताका कारण जिल्लामा २÷२ वर्षमा गरिदै आएको अनेरास्ववियुले जनाएको छ । प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई तथा बिशेष अतिथी प्रदेशसभा सदस्य राजन राईको उपस्थितीमा हुने अबिधेशनले देउसालीलाई अध्यक्ष बनाउदै सबै नेतृत्व चयन गर्नेछ ।

     

    नयाँ नेतृत्वले प्रत्येक स्थानिय तहमा कमिटी निर्माण गर्ने, शैक्षिक क्षेत्रमा परिवर्तनगरी सामुदायिक विद्धालयमा गुणस्तर शिक्षा दिलाउन प्रयास गरिने अध्यक्ष घिमिरेले बताए । उनले भने, ‘नेतृत्व तहले मुलतः शैक्षिक क्षेत्रमा भएको बिकृती, विसंगती बिरुद्ध खबरदारी गर्नेछ ।’

    हालका अनेरास्वबियु अध्यक्ष ओमप्रकाश घिमिरे को हुन्


    रुपाकोट मझुवागढी नगरपालिका वुईपा १४ साविक ८ का स्थानिय ज्वालाप्रसाद घिमिरे र टिका कुमारी घिमिरेका पाँचौ सन्तानका रुपमा २०५० भदौ २४ गते जन्मिएका सक्रिय विधार्थी नेता हुन् ओमप्रकाश घिमिरे । चम्पावती मावि वुईपाबाट २०६५ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका उनले सोही विधालयमा कक्षा ९ अध्ययन गर्दै अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष हुंदै राजनीति जिबन शुरु गरेका हुन् । ४ बर्षको उमेरमै गाउँका काका, मामावाट राजनीतिको बारेमा सामान्य बुझेका उनले सुनाए ।

     

    प्रबेशिका परिक्षा उतिर्णसँगै पढाई र विधार्थी राजनीतिले थप नयाँ सिमा पार गर्न थालेको हो । घिमिरेले भने, ‘त्यो बेला अध्ययनसहित राजनीति अगाडी बढाउन सक्नु नै यो अवस्थामा आउनु यौटा सत्मार्ग बन्यो ।’ एसएलसी पासपछि उच्च शिक्षा आर्जन गर्न उनी दिक्तेल बहुमुखी क्याम्पसमा भर्ना भए । २०६६ सालमा आईएड (गणित), बिए उतिर्ण गरे ।

     

    आरआर कलेज काठमाण्डौमा प्रथम श्रेणी एमए सकेका उनी एलएलबी तेश्रोवर्षमा अध्ययनरत विधार्थी हुन् । जेएस मुराखा कलेज लहानमा समाजशास्त्र विषयमा एमए प्रथम बर्षमा अध्ययनरत उनले कलेज जिबन शुरुपछी आईएडमा गणित विषयको आधा समय बाहेक हालसम्म कुनै पनि बिषयको कक्षा नलिएको घिमिरे हालसम्म अनुतिर्ण भएका छैनन् । राजनीति गर्दै हरेक परिक्षा दिंदै आएका घिमिरेले ति परिक्षाहरुलाई दो¥र्याउनु परेन ।

     

    साहित्य क्षेत्रमा समेत अब्बल उनी राजनीति क्षेत्रमा २०६६ सालमा दिक्तेल क्याम्पस अनेरास्ववियु क्याम्पस कमिटी सहसचिव, जिल्ला कमिटी सदस्य, २०६७ मा क्याम्पस कमिटी सचिव, २०६८ सालमा क्याम्पस कमिटी अध्यक्ष, जिल्ला कमिटी सचिवालय सदस्य, २०६९ सालमा जिल्ला कमिटी कोषाध्यक्ष, २०७० सालमा जिल्ला कमिटी सहसचिव, २०७० मंसिरमा जिल्ला कमिटी सचिव र २०७२ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष भएका हुन् ।

     

    शिक्षामा कक्षा नदो¥र्याए जस्तै राजनीतिमा पनि नदोहोरिने संकल्प लिएर विधार्थी राजनीतिमा क्रियाशिल घिमिरेले चाँडै आफ्नो पद गुमेपनि केन्द्रिय कमिटीले केही जिम्मेवारी दिने बताए । अपवादमा नदिए महधिबेशन प्रतिनिधि हुने र चुनाव लडेर केन्द्रिय सदस्य हुने बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology