• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

घुम्दै फिर्दै कतार, चिया पकाउनेदेखी ड्राईभिङसम्म-बिसंखे

घुम्दै फिर्दै कतार, चिया पकाउनेदेखी ड्राईभिङसम्म-बिसंखे

परिश्रमले सुख दिंदोरहेछ


चिसाङ शेर्पा
  • मंगलबार, माघ ९ २०७४

  • चिसाङ शेर्पा माघ/९ खोटाङ,

    ‘नेपालमा साईकल समेत चलाउन आउदैन थियो अहिले ब्यस्त सडकमा गाडी गुडाउँन सक्ने भएको छु ।’ ठाउँमा परेपछि जुनसुकै काम पनि गर्न सकिने रहेछ, खोटाङ रावाबेशी गाउँपालिका लामिडाडाँ ३ भञ्ज्याङका बिनोद कुमार बिसंखेले कतारको दोहास्थित अल आरविया वाटर ओयासिस कम्पनीबाट आफ्नो बैदेशिक रोजगारीको अनुभव सुनाए ।


    २०४३ साल पुस ११ गते लामिडाडाँ भञ्ज्याङमा बुबा एकराज सार्की आमा मनमाया सार्कीको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएका बिसंखेले २०६० सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । बिश्वज्योती मावि लामिडाडाँमा पढेका उनले ऐसेलुखर्कवाट एसएलसी परिक्षा दिएको बिगत बेलिविस्तार बताए । आर्थिक स्थिती न्युन रहेको परिवारमा आमावावा, दुई भाई र एक बहिनी रहेका छन् ।

    “त्यहाँ चिया मात्रै पकाउन परेन फलतः गाडी चलाउनुपर्ने भो कम्पनीले केही महिना कामसँगै गाडी चलाउन सिकाए ।”

    आर्थिक स्थिती कमजोर भएकै कारण बिनोदले परिवारमा सल्लाह गरेर विदेश जाने निधो गरे । विवाह बन्धनमा कसिएका उनी परिवारलाई सुुखसयलमा राख्ने ठूलो सपना बोकेर २०६१ सालमा कतार हानिए । एसएलसी पास गरेर पहिलोपटक पराई मुलुक छिरेका बिनोदले कतारमा दुईवर्ष ६ महिना वर्ष चिया पकाउने काम गरे । त्यहाँ चिया मात्रै पकाउन परेन फलतः गाडी चलाउनुपर्ने भो कम्पनीले केही महिना कामसँगै गाडी चलाउन सिकाए । पछि आफै गुडाउन जान्ने भए बिनोदले भने, बानी नपर्दा काम सारोगारो भएपनि आखाभरी आईरहने परिवारको सुनौलो खुशीका लागि अल जाबर त्रेनिङ एण्ड क्न्ट्रक्सन नामक कम्पनीमा चिया पकाउने काम र ड्राईभिङ गरेर स्वदेश फर्किए ।

     

    पाँचवर्षमा कमाएको केही रकम लिएर घर फर्केका उनी त्यही परिवारको सपनाकै संसारमा थिए । २०६६ सालमा फेरि बहराईन पसे, त्यहाँ दुई वर्ष ड्राईभिङ गरे । नेपालमा साईकलसम्म नकुदाएका बिनोदले कतारपछि बहराईनमा २ वर्षमा परिपक्क ड्राईभर बनेर सधैका लागि बहराईनलाई छोडे ।


    २०६७ सालमा दिपु्रङ गाउँपालिका टेम्मा ७ का मेनुका बिसंखेसँग विवाह बन्धनमा बाँधिएका उनीहरुको एक छोरी बोर्डिङ पढिरहेका छन् । कतार र बहराईनमा कमाएको पैसाले छोरी पढाउन र परिवार धान्न पुगिरहेको छ । अहिले कतारमा रहेकै कारण घरमा आमाबुबा दुई भाई र एक बहिनीलाई समेत बेलाबेलामा खर्च पठाउने गरेको उनले सुनाए ।

    “बिनोदले भने, ग¥र्यो भने नहुने केही रहेनछ । हिजो चिया पकाउने म आज ड्राईभिङ गर्छु । तपाई पनि परिश्रम गर्नुहोस परिश्रमले नै सुख दिंदोरहेछ ।”

    बहराईन, कतार बसेका उनले एक हिसाबमा पराई मुलुकका रहनसहन बुझ्दै गए । धर्म, भाषा, संस्कृतीमा उनी परिपक्क हुंदै थिए । बैदेशिक रोजगारीमा जाने चक्कर झन मोह बन्दै गयो । अनि फेरि त्यही पेशामा २०६९ सालमा कतार आए । जिएसएस सेर्टिस कम्पनीमा दुईवर्ष ड्राईभिङ काम गरी स्वदेश फर्केर ६ महिनाअघि अल आरविया वाटर ओयासिस कम्पनीमा ड्राईभर काम गरिरहेको छु । उनले भने, ‘अहिले खाई खर्च कटाएर महिनाको ७०÷७५ बचत हुन्छ । बचत गरेको पैसाले घरखर्च र केही जग्गा खरिद गरेको छु ।’

     

    आगामी दिनमा नेपालमै सोही ड्राईभिङ पेशा अंगालेर जिविकोपार्जन गर्ने निधो गरेका बिनोदले भने, “ग¥र्यो भने नहुने केही रहेनछ । हिजो चिया पकाउने म आज ड्राईभिङ गर्छु ।” तपाई पनि परिश्रम गर्नुहोस परिश्रमले नै सुख दिंदोरहेछ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology