समायोजन खबर माघ/८खोटाङ,
सांगितिक रियालिटी शो नेपाल आईडलका टप आठ उल्सन श्रेष्ठले आफ्नो जन्मभुमी दिक्तेल आएर सरस्वती पुजा गरेका छन् । हालसम्म चर्चा नसेलाएको नेपाल आईडल प्रतियोगितामा जिल्लाकै प्रतिनिधिको रुपमा धमकेदार प्रस्तुती दिने उनै प्रतिभा युवा गायक उल्सन श्रेष्ठ रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारका हुन् ।
नेपाल आईडल उपाधीको उत्कृष्ट आठसम्म जम्न सफल गायक उल्सनले आईतबार खोटाङको दिक्तेलबजार स्थित सरस्वती माबिमा सरस्वती पूजा गरेका छन् । बसन्त पञ्चमीको अवसरमा बिद्यालयले आयोजना गरेको अक्षराम्भ तथा सरस्वती पूजा समारोहमा देखा परेका गायक उल्सनले एक दिन अघि मात्र जन्मजिल्ला आएको बताए ।
देशबिदेशको अत्याधिक मायाँ पाउन सफल रकस्टार उल्सनलाई नेपाल आईडलको उपाधी चुमाउन जिल्लामा ‘उल्सन जिताउ’ अभियान समेत सञ्चालन गरिएको थियो । जिल्लाको दुर्भाग्य अन्तत : भोटिङकै आधारमा उल्सन आठौं स्थानबाट नेपाल आईडलको मञ्च छाड्न बाध्य बनेका थिए । नेपाल आईडलले नै उनलाई रकस्टारको उपनाम दिएको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology