• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नदीमा हराएका बालक दशदिन पछि मृत भेटियो

नदीमा हराएका बालक दशदिन पछि मृत भेटियो


चिसाङ शेर्पा
  • आइतबार, माघ ७ २०७४

  • चिसाङ शेर्पा माघ/७ खोटाङ,

    खोटाङमा नदी तर्नेक्रममा बेपत्ता भएका बालक दशदिन पछि मृत अवस्थामा फेला परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षिय किरण राई शनिबार फेला परेका हुन् ।

     

    गएको पुस २७ गते विहीबार साँझ दुधकोसी र सुनकोसीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूव चढेर नदी तर्नेक्रममा बेपत्ता भएका बालक हलेसी तुवाचुङ नगरपालिका २ डिकुवाघाटमा डुंगामा ठोकिएको अवस्थामा स्थानियले फेला पारेका हुन् ।

     

    डिकुवाघाटको डुंगा राखिने ठाउँमा तैरिएको अवस्थामा लाश भेटिएको मृतक बालकका बुबा रुद्र राइले बताए । कपडाको आधारमा खोजी गरीरहेका उनकै साथीहरुले लाशको पहिचान भएपछि संस्कार अनुसार शनिबारनै लाश दबाईएको उहाँले बताउनुभयो । मृतक बालक कक्षा ९ मा अध्ययनरत थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology