चिसाङ शेर्पा माघ/५ खोटाङ,
‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा सञ्चालित ‘खोटाङ आईडल’का अबका श्रृङखला हेर्नलाई २५ रुपैयाँ तिर्नुपर्ने भएको छ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो आईडललाई व्यवस्थित, मर्यादित र वातावरण अनुकुलताका लागि यस्तो नियम बनाईएको हो ।
परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको पहिलो, दोश्रो चरणका अडिसन राउण्ड खुल्ला स्थानमा हुंदै आएको र अबका अडिसनहरु समिक्षालय हलमा गरिने भएपछी दर्शकलाई प्रबेशका लागि टिकट सिष्टम बनाईएको हो ।
आगामी सोमबार जिल्ला समन्वय समितिको समिक्षालयहलमा आईडलको मल्टिराउण्ड अडिसन हुंदैछ । अडिसनलाई सभ्य, भव्य र भयरहित बनाउन हलभित्र कार्यक्रम राखिएको कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । दोश्रो राउण्ड पार गरेका ७० जना प्रतियोगीहरुलाई अडिसनमा सामेल गराई मल्टिराउण्डबाट ४० जना निकालिने कार्यक्रम संयोजक राईले बताए । माघ ८ गते सोमबार हुने अडिसनका लागि लोकदोहरी गायक अधिराम राई, अटल राई र भक्त बिश्वकर्मा निर्णायकमा रहने आयोजकले जनाएको छ ।
रियालिटी शोका वजेता मध्ये प्रथमे ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।
गाउँघरमा लुकेर रहेका प्रतिभालाई खोज्ने उद्देश्यले गत मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट शुरु भई रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलमा पहिलो चरण अडिसन सकेको खोटाङ आईडलले पुस २९ गते दोश्रो अडिसन ग¥र्यो ।
दोश्रो अडिसनबाट ७० जना छनौटमा परे, उनीहरुको आगामी सोमबार मल्टिराउण्ड अडिसन हुंदैछ । मल्टिराउण्डबाट ४० जना आउट हुन्छन् भने, ३० जना अगाडी बढ्नेछ । मल्टिराउण्डबाट छनौटमा परेका ३० जनालाई १५ जनामा झारिने छ । १५ जनामा झारिएसँगै भोटिङ सिष्टम शुरु हुनेछ ।
दर्शक र श्रोताको भोटिङको आधारमा १५ जनामध्ये पुन : ५ जना फ्याकिने छ भने, पाँचजना आउट भएपछि १० जना रहने र दशजनामा ५ जनालाई फेरी फ्याकिने छ । रहेका बाँकी पाँचजनाबाट खोटाङ आईडलको पहिलो, दोश्रो, तेश्रो र वेष्ट भोकलिष्ट छानिएसँगै खोटाङ आईडलको पहिलो संस्करण समापन हुनेछ ।
निशान परियार रतन्छा, सुजता परियार रतन्छा, संगम राई दोर्पा, प्रबृत्ति राई बतासे, पबन परियार छोरम्बु, देबन सुप्तिहाङ, रुपेश राई जन्तेढुगा गाउँपालिका, दिपा राई, अजय राई सिम्पानी, सोम मगर बरापोखरी, बर्षा राई, बिना राई रुमनपा, ईजु राई, जोन राई बास्पानी, निरज राई जालपा, सन्तोष राई, सुमन राई खार्ताम्छा, माने तामाङ बाक्सिला, रामचन्द्र परियार, कञ्चन राई वाकाचोल, ईशारा चेली राई, सबिन सुन्दास कुभिण्डे, मोहन राई अर्खौले, शम्भु राई हलेसी, प्रदिप राई, आयन राई नेर्पा, अनुका राई पाथेका, आयुष राई दिक्तेल, उमेश राई खार्मी, तेज राई दिक्तेल, अमिता राई लफ्याङ, केदार अनुरागी खार्मी, सिर्जना राई खाल्ले रहेका छन् ।
यस्तै, दिल्साङ जिम्बा छितापोखरी, मिलन गुरुङ, विरेन गुरुङ नेर्पा, निशा राई दोर्पा, ललिता तामाङ, पर्शुराम गजमेर खार्मी, जितेन्द्र राई, स्मिता राई पाथेका, रोहित चाम्लिङ छोरम्बु, रोशन लिङदेन युवराज राई नुनथला, सन्देश राई दोर्पा, ललितजंग राई राजापानी, प्रिती राई बुईपा, अरुणा राई खाल्ले, रमेश भुजेल राजापानी, गौरब आले हलेसी, नविन राई बुईपा, सञ्जिव मगर हौचुर, अग्नि राई छोरम्बु, कौरब राई भोजपुर, राजन गिरी, सविना शाक्य बुईपा, सन्दशे राई रुमनपा, देबेन्द्र रोका निर्मलीडाडाँ, सुुजन राई खिदिमा, शुक्र राई काहुले, शुसन राई बतासे, दिनेश राई चिसापानी, रुविना राई बराहपोखरी, रोमन राई बाक्सिला, सविना राई जलेश्वरी, युगेन दुमी राखावाङदेल, भरत मगर खार्पा, शुष्मा राई दुर्छिम, सोनु राई बुईपा र रविन बिश्वकर्मा मात्तिम
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology