• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ आईडलको दोश्रो अडिसन दिक्तेलमा जारी, ८० जनाले दिए प्रस्तुती

खोटाङ आईडलको दोश्रो अडिसन दिक्तेलमा जारी, ८० जनाले दिए प्रस्तुती


चिसाङ शेर्पा
  • शुक्रबार, पौस २८ २०७४

  • चिसाङ शेर्पा पुस/२८ खोटाङ,

    खोटाङ आईडलको दोश्रो अडिसन दिक्तेलमा जारी रहेको छ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबारबाट सदरमुकाम दिक्तेलस्थित स्थानिय हेलिप्याडमा जारी रहेको हो ।

     

    ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने योजनाका साथमा सञ्चालित ‘खोटाङ आईडलकोे रियालिटी शोमा १६८ जनाले आफ्नो प्रतिभा प्रस्तुत गरीरहेका छन् । शुक्रवार जारी अडिसनमा साकेला गाउँपालिका, दिपु्रङ गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङगा गाउँपालिका, बराहपोखरी गाउँपालिका, केपीलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका ८० जनाले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

     

    परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको दोश्रो चरण अडिसनका लागि जिल्लाको आठ गाउँपालिका, दुई नगरपालिकादेखी १ सय ६८ जना प्रतियोगीहरु छनौटमा परेका छन् । दोश्रो अडिसनबाट करीब सयजना बाहिरिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो ।

     

    शुक्रबारदेखी जारी आईडलको दोश्रो अडिसन शनिवार सकिने र नतिजा प्रकाशन गरिने कार्यक्रम संयोजक राईले बताए । राईका अनुसार माघ ८ गते मल्टीराउण्ड अडिसन हुनेछ । दिक्तेल बजारको स्थानिय हेलिप्याडमा जारी दोश्रो अडिसनमा गायक सागर संसार राई, राजेश पुमा राई, भक्त बिक र दान बहादुर राई निर्णायकमा रहेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology