• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी अग्नी पिडितलाई सहयोग गर्ने रक्षामन्त्रीको आश्वसन

हलेसी अग्नी पिडितलाई सहयोग गर्ने रक्षामन्त्रीको आश्वसन


समायोजन खबर
  • आइतबार, पौस २३ २०७४

  • समायोजन खबर पुस २३ खोटाङ,

    रक्षामन्त्री भिमसेनदास प्रधानले खोटाङको हलेसीका आगलागीबाट प्रभावित क्षेत्रको निरिक्षण गर्नु भएको छ । त्रि–धार्मिक एबं पर्यटकीयस्थल हलेसीमा पुस १८ गते राती भएको आगलागीमा चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएपछि रक्षामन्त्री निरिक्षणकाक्रममा शनिबार साँझ हलेसी आइपुग्नु भएको हो । आईतबार बिहान हलेसीको दर्शन गरेर रक्षामन्त्री प्रधानले प्रभावित क्षेत्र निरिक्षण एबं टहरामा दिन बिताइरहेका पिडितलाई भेटघाट गर्नु भएको छ । पिडितसँगको भेटघाटकाक्रममा रक्षामन्त्री प्रधानले क्याबिनेटमा कुरा राखेर आवश्यक सहयोगका लागि निर्णय गराउने आश्वसन दिनुभएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

     

    रक्षामन्त्री प्रधानले घट्नास्थलबाटै सेनाका उच्च अधिकारीलाई फोन गरेर आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको छ । रक्षामन्त्री प्रधान आगलागी प्रभावित क्षेत्रको निरिक्षणपछि दिक्तेलतर्फ हिँड्नु भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।
    आगलागीमा घर सहित सर्वस्व गुमाएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दास लगायतका पिडित अस्थायी टहरामा कष्टपूर्ण दिन विताइरहेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology