• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पुस २८ बाट खोटाङ आइडलको दोश्रो अडिसन

पुस २८ बाट खोटाङ आइडलको दोश्रो अडिसन

दोश्रो अडिसनबाट १ सयजना बाहिरिने


चिसाङ शेर्पा
  • बिहिबार, पौस २० २०७४

  • चिसाङ शेर्पा पुस/२० खोटाङ,

    सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन पुस अन्तिमबाट हुने भएको छ । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा सञ्चालित ‘खोटाङ आईडलको दोश्रो अडिसन पुस २८/२९ गतेबाट हुने भएको हो ।

     

    परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शो अन्तरगतको दोश्रो चरण अडिसनका लागि जिल्लाको आठ गाउँपालिका, दुई नगरपालिकाबाट १ सय ६८ जना प्रतियोगीहरु छनौटमा परेका छन् । दोश्रो अडिसनबाट १ सयजना बाहिरिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । दिक्तेल बजारको स्थानिय हेलिप्याडमा सञ्चालन हुने दोश्रो अडिसनका लागि गायक सागर संसार राई, राजेश पुमा राई, भक्त बिक निर्णायकमा रहने आयोजकले जनाएको छ ।

     

    जिल्लाको हकमा ठूलो धनराशी भएको रियालिटी शोमा साकेला गाउँपालिका रतन्छाबाट १०, दिप्रुङ गाउँपालिका ११, खोटेहाङ गाउँपालिका १६, जन्तेढुंगा गाउँपालिका ८, बराहपोखरी गाउँपालिका ९, केपिलासगढी गाउँपालिका १६, ऐसेलुखर्क गाउँपालिका १०, लामिडाडाँ गाउँपालिकाबाट ७, हलेसी तुवाचुङ नगरपालिका १५, रुपाकोट मझुवागढी नगरपालिका बुईपा २१ र सोही नगरपालिकाको दिक्तेलबाट ४५ जना खोटाङ आईडलको दोश्रो चरण अडिसनका लागि छानिएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology