• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको हलेसी बजार आगलगीको क्षति विवरण संकलन शुरु, पिडितलाई धमाधम राहत वितरण

खोटाङको हलेसी बजार आगलगीको क्षति विवरण संकलन शुरु, पिडितलाई धमाधम राहत वितरण


समायोजन खबर
  • बुधबार, पौस १९ २०७४

  • चिसाङ शेर्पा पुस/१९ खोटाङ,

    खोटाङको धार्मिक तथा पर्यटकियस्थल हलेसी बजारमा भएको आगलागीको क्षति विवरण संकलन कार्य शुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानका ब्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले पुर्णरुपमा चार घर जलेर नष्ट भएको छ । पाँच घरमा आंशिक क्षति भएको छ ।

     

    मंगलबार साँझ ७ : ३० बजेबाट खाना पकाउने ग्याँस पड्कीएर शुरु भएको आगोले मगम राई, उचित राई, टम्ब राई र अम्बराज राईको घर पुर्णरुपमा नष्ट भएको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताउनुभयो । थापाका अनुसार प्रकाशचन्द्र गिरी, रेगिन राई, शरण राई, गोबिन राई, कौशिला राईको घरमा आंशिक क्षति भएको छ । आगोलाई मंगलबार राती ११ बजे स्थानियबासी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । क्षतिको यक्किन विवरणका लागि जिल्लाबाट डिएसपी थापासहित हलेसी डिडेका छन् ।

     

    बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले बैठकबसी तत्कालका लागि पुर्ण क्षति भएकालाई दश हजार, आंशिक क्षतिलाई ५ हजार नगद दिने भएका छन् । पिडितहरुका लागि पुर्नवास आवाश्यक परेमा नेपाली सेना र बन कार्यालयले टहरा निर्माण गरिदिने सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए । यस्तै, खोटाङ उधोग वाणिज्यसंघले आगलागी पिडितका लागि आर्थिक सहयोग गरेका छन् । संघले पुर्णक्षति प्रतिघर दश हजार तथा आंशिक क्षतिलांई ३ हजार दिएको खोटाङ उधोग वाणिज्यसंघका अध्यक्ष राजेन्द्र लयालुले बताए । रेडक्रसले त्रिपाल, राहत दिदैछ । सरोकारवाल संघसंस्था राहत वितरणका लागि हलेसी पुगेका छन् ।

     

    हलेसी तुवाचुङ नगरपालिकाले आगलागी पिडितलाई खाधान्न, लत्ताकपडा, किचन सामग्री बितरण गरिसकेको छ । पिडितका लागि वास व्यवस्थापनको तयारी भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले बताउनुभयो । आपतको घडीमा देश तथा बिदेशमा रहेका सहयोगीदातालाई सहयोग गर्न नगरपालिकाले अनुरोध गर्दै राहत संकलनका लागि ‘नगर राहत व्यवस्थापन कोष’ खडा गर्न लागिएको मेयर राईले बताए ।

     

    नगरपालिकाले आगलागी पिडितका लागि सहयोगार्थ बुधबारबाट व्यानरसहित हलेसीबाट सहयोग संकलन शुरु गरेको छ । नगरप्रमुख बिमला राई तथा कार्यकारी अधिकृत अनिल किराती कामको शिलशिलामा काठमाण्डौ रहेका उहाँहरुलाई त्यहींबाट सहयोगका लागि खट्न र सबैलाई यस अभियानमा ऐक्यबद्धता जनाउन अनुरोध गरिएको नगरप्रमुख राईले बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology