• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चुनावको अन्तिम परिणाम आउनु पुर्व नै ओलीलाई प्रधानमन्त्री बनाउने कसरत शुरु

चुनावको अन्तिम परिणाम आउनु पुर्व नै ओलीलाई प्रधानमन्त्री बनाउने कसरत शुरु


समायोजन खबर
  • शनिबार, मंसिर २३ २०७४

  • मंसीर २३ काठमाण्डौं । एमाले र माओवादीको मिलनबाट बनेको बाम गठबन्धनले भारी बहुमत ल्याउने पक्का भए पछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडी सार्न थालिएको छ ।
    माओवादीकै सहयोगका कारण अघिल्लो पटक प्रधानमन्त्री बनेका ओली चर्चा र विवादमा रहे । उनको उखान टुक्काको व्यापक विरोध हुने गरेको थियो ।
    अब झापामा ओलीले चुनाव जीत्ने पक्का पक्की भएको छ भने देशभरबाट काग्रेस पाखा लाग्ने निश्चित भए पछि अब एमालेले सरकारको सपना देख्न थालेको छ ।
    एमाले नेता अग्नी खरेलले केपी ओली नै प्रधानमन्त्री हुने जिकिर गरेका छन् ।
    पार्टी भित्र माधव कुमार नेपाल समेत आकाक्षी भएर बसेका छन् भने बामदेव गौतम र झलनाथ खनालले पनि मुख मिठ्याईरहेको एक एमाले नेताले दावी गरे ।
    झलनाथ खनालले पार्टी भित्र एक दर्जन जति प्रधानमन्त्री बन्ने योग्यता भएको व्यक्ति भएकाले कोही एक जना बन्ने बताएका थिए भने माधव नेपालले पनि उमेर , क्षमता भएकाले कार्यकारी भुमिकामा आउने जिकिर यस अघि सार्वजनिक गरेका थिए ।
    भित्र भित्रै बामदेव गौतम पनि अब प्रधानमन्त्रीमा अरुको पालो पुगेकाले आफू हुन पाउनु पर्ने अनौपचारीक लविगंमा लागेको बुझिएको छ ।
    अब प्रधानमन्त्री प्रचण्डको हातमा भने नआउने लगभग निश्चित भएको छ । माओवादी दोस्रो या तेस्रो भए पनि एमालेले करीब एकल बहुमतको नजिक पुग्ने भएकाले उ बाहेक अरुको सरकार बनाउन कठिन हुने देखिएको छ ।
    यस्तोमा केपी ओली प्रमुख दावेदार देखिएका छन् ।

    @mirmireonline

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology