समायोजन खवर मंसिर/२० खोटाङ,
खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान सेवनमा रोक लगाएको छ । धुम्रपान तथा सूर्ती सेवनबाट हुने मानवीय क्षती कम गर्नका लागि नगरपालिकाले मंगलबारदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सुर्ती लगायतका धुम्रपान सेवनमा रोक लगाएको हो ।
सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइएमा जनही पाँच सय जरिवाना गरिने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । नगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान नगर्न तथा गरेको देखिए/भेटिए प्रहरीलाई खबर गर्न आग्रह गर्दै दिक्तेल बजारमा माइकिङ सुरु गरेको छ ।
नगरपालिकाले मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा हो–हल्ला र जथाभावी गर्नेलाई पनि कडाइकासाथ जनही एक हजार जरिवाना गर्ने जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology