समायोजन खबर खोटाङ, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभन्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ–लामिडाँडाबीचको लप्से(पन्खु)खोलामा बेलिब्रिज जडान हुने भएको छ।
खोलामा ३० मिटरको बेलिब्रिज जडानका लागी ५ असोजमा निर्माण कम्पनी र पुष्पलाल(मध्यपहाडी)राजमार्ग आयोजना सित्खा रामेछापसँग सम्झौता भएको छ। सम्झौता भएको मितिले तीन महिना अर्थात आगामी पुस ५ गते बेलिब्रिज जडान गरिसक्नु पर्ने सम्झौता छ।
बेलिब्रिज जडानको ठेक्का भने ममता इन्टरप्राइज एण्ड कन्ट्रक्सन प्रालि लोकन्थली भक्तपुरले पारेको छ। उक्त प्रालिले भ्याट र पिएससहित एक करोड ७१ लाख २० हजार २९३.८५ पैसामा ठेक्का पारेको हो। खोलामा बेलिब्रिज जडानका लागी सम्झौता भएर साइडमा सामान झार्न सुर गरेको पुष्पलाल(मध्यपहाडी)राजमार्ग आयोजना सित्खा रामेछापका सूचना अधिकारी भरत श्रेष्ठले बताएका छन्। तर, हप्तादिन कट्दा पनि साइडमा निर्माण व्यवसायी आईपुगेका छैनन्।
खोलामा १५ मिटरको पक्की पुल निर्माण थालिए पनि निर्माण व्यवसायीले काम नगर्दा अन्ततः पुलको ठेक्का तोडिएको थियो। हाल खोला वारीपारी पुलको पिल्लर मात्रै छ। खोलामा पुल नहुँदा पैदल यात्रु तथा सवारी साधन खोलामा निर्माण गरिएको अस्थायी सडकबाट हिड्न बाध्य छन्।
ह्युम पाइप राखेर खोलामा बनाईएको अस्थायी सडक पनि खोलाले पटक–पटक बगाउँदा दिनभर यात्रु र सवारीसाधन रोकिएर बस्न बाध्य हुनुपरेको छ। यो सडकमा भोजपुरबाट दिक्तेल हुँदै काठमाण्डौ जाने सवारीसाधन आवतजावत गर्ने गरेको छ। खोलामा पुल नहुँदा र बाढी आउँदा ती सवारीसाधन दिनभर रोकिएर बस्नुपर्ने बाध्यता छ।
पक्की पुलको पिल्लर मात्रै ठडिनु र खोलामा बनाईएको अस्थायी सडक बेलाबेलामा बग्दा शास्ती खेपिरहेका यात्रु तथा सवारीसाधनले बेलिब्रिज बनिसकेपछि भने ती शास्तीबाट मुक्त पाउनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology