• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आहाले–याम्खा सडक कालोपत्रे सुरु

आहाले–याम्खा सडक कालोपत्रे सुरु


समायोजन खबर
  • बिहिबार, चैत्र ५ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङमा आहालेदेखि याम्खासम्मको सडक कालोपत्रेको काम सुरु भएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा विमानस्थल नजिकै आहाले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा रातमाटा हुँदै पञ्चमीबजारसम्मको सडक कालोपत्रे आयोजनाको पहिलो प्याकेज अन्तर्गत आहाले–याम्खा सडक कालोपत्रे काम सुरु भएको हो।

    सडक कालोपत्रे गराउन कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय खोटाङले निर्माण कम्पनी यु.एस.जि रक्तकन्या हिमश्रृङखला जेभी काठमाडौसँग भ्याट र पिएससहित १७ करोड ३७ लाख ८२ हजार ४९ रुपैयाँ ३ पैसामा गत माघ १८ गते सम्झौता गरेको छ।

    उक्त बजेटमा जेभीले आहालेदेखि याम्खासम्म ८.०२ किलोमिटर सडकमा कटिङ, पक्की नाली निर्माण, रिटेनिङ पर्खाल र जाली, पाइप कल्भर्ट, सडक ढलान र अस्फाल्ट कालोपत्रे गर्नुपर्र्ने पूर्वाधार विकास कार्यालय खोटाङका कार्यालय प्रमुख इन्जिनियर बिनम दाहालले बताउनुभयो।

    आगामी २०८४ साल माघ १७ गतेसम्म कालोपत्रे गरिसक्नुपर्ने सडकको चैत ५ गते कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास एवंम स्वास्थ्यमन्त्री भुपेन्द्र राईले शिलान्यास गर्नुभएको छ। तत्कालिन मन्त्री राईले नै सडक कालोपत्रेका लागी ३० करोड बजेट विनियोजन गरिदिनु भएको थियो।

    बहुबर्षीय आयोजना अन्तर्गतको यस सडकका लागी चालू आर्थिक वर्ष २०८२/०८३ का लागी पाँच करोड बजेट विनियोजन गरिएको छ। सोही सडक अन्तर्गत दोश्रो प्याकेजका लागी ठेक्का प्रक्रियाको काम भईरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख, दाहालले बताउनुभयो।

    सडकको शिलान्यस गर्दै मन्त्री राईले कालोपत्रेको काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको र समय अवधिमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ। सडक कालोपत्र नहुँदा जिल्लाको दक्षिणी भेगबाट सदरमुकाम आउँजाउँ गर्न समस्या हुने गरेको छ। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक हुँदा यातायात सञ्चालनमा शास्ती हुने गरेको स्थानीय तुलस राईले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology