समायोजन खबर खोटाङ, बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङमा ४३ प्रतिशत मत खसेको छ।
कूल एक लाख ४७ हजार १२० जना मतदाता रहेकोमा ६३ हजार ३५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसमा ३० हजार ३५ जना महिला र ३३ हजार पुरुष मतदाताले मतदान गरेका छन्।
एक निर्वाचन क्षेत्र रहेको यहाँ १३६ वटा मतदान स्थल र दुई अस्थायीसहित १९७ वटा मतदान केन्द्रबाट मतदान भएको थियो। जिल्लाभरी नै शान्त तवरमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताउनुभयो।
मतदान सम्पन्नपछि मतदान अधिकृतहरुले मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थालेका छन्। मतपेटिका रुजु गर्ने र बुझ्ने काम धमाधम भईरहेको मुख्य निर्वाचन अधिकृत पराजुलीले बताउनुभयो।
सबै ठाउँबाट शुक्रबार बिहान १० बजेसम्म मतपेटिका आईसक्ने र राजनीतिक दल तथा उम्मेदवारसँग सर्वदलीय वैठक बसेर दिउँसो २ बजेपछि मत गणना सुरु गरिने जनाईएको छ। एक सीटका लागी खोटाङमा १३ वटा राजनीतिक दल र दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology