• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गाउँपालिका उपाध्यक्ष श्रम संस्कृतिमा प्रवेश

गाउँपालिका उपाध्यक्ष श्रम संस्कृतिमा प्रवेश


समायोजन खबर
  • शुक्रबार, फाल्गुन १५ २०८२

  • वराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई।

    समायोजन खबर खोटाङ, खोटाङमा निर्वाचित गाउँपालिका उपाध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। वराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई फागुन १५ गते उक्त पार्टीमा प्रवेश गरेका हुन्।

    राई तत्कालिन नेकपा एकीकृत समाजवादी पार्टीबाट २०७९ को स्थानीय तहको निर्वाचनमा २ हजार ६९४ मत ल्याएर वराहपोखरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए। राई नेकपा एमालेबाट फाक्टाङको संस्थापक वडाध्यक्ष समेत बनेका थिए।

    तत्कालिन नेकपा एसका प्रदेश कमिटी सचिवालय सदस्य राई, पार्टी एकीकरण भई नेकपा भएपछि तटस्थ रहनुभएको थियो। उपाध्यक्ष राईसँगै नेकपा एमाले फाक्टाङका वडा कमिटी अध्यक्ष गम्भीरजंग राई, सोही वडाका वडा कमिटी सदस्य बम बहादुर राई, जानुका बिक, साउनेचउर नेकपा एमालेका वडा कमिटी सदस्य राजु मगर लगायतका कार्यकर्ताहरु श्रम संस्कृती पार्टीमा प्रवेश गरेका छन्।

    गाउँपालिका उपाध्यक्ष राईसहितका नेता कार्यकर्तालाई श्रम संस्कृति पार्टीका महासचिव एवंम् खोटाङका उम्मेदवार आरेन राई, पार्टी अध्यक्ष प्रताप राई लगायतले पार्टीमा स्वागत गरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology