समायोजन खबर खोटाङ,रणभीम गण मुडे ब्यारेकले रन फर फन खुल्ला दौड प्रतियोगिता गराएको छ। नेपाली सेना स्थापनाको २६३ औं वार्षिक उत्सव तथा महाशिवरात्रीको अवसरमा दिक्तेलबजारमा दौड गराएको हो।
शनिबार बिहान दिक्तेलको रत्नपार्कदेखि सोल्मा भालुखोला, भालुखोला रत्नपार्क, माटिकोरे खेलमैदानसम्म ५ किलोमिटर दौडमा पुरुषतर्फ मुडे ब्यारेकका सेना खिम बहादुर वली र महिलातर्फ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी दिर्पा बस्नेत प्रथम भएकी छन्। वलीले १६ मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए भने, बस्नेतले २० मिनेट ५५ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिईन्।
यस्तै,पुरुषतर्फ मुडे ब्यारेकका सेना लेखराज पुन मगर दोश्रो, सेना सागर नेपाली तेश्रो र केपिलासगढी गाउँपालिका–३ बासपानीका सुर्यराज राईले सान्त्वना स्थान प्राप्त गरेको छ ।महिलातर्फ मुडे ब्यारेकका सेना पुष्पा अवस्थी दोश्रो, सेना अस्मिता महत्तो तेश्रो र दिक्तेल इंग्लिस सेकेण्डरी बोर्डिङकी छात्रा मन्दिरा थापा सान्त्वना भएकी छन्।
महिला पुरुषतर्फ प्रथम, दोश्रो तेश्रो र चौथोलाई जनही नगद पाँच हजार, तीन हजार, दुई हजार, एक हजारसहित मेडल प्रदान गरिएको रणभीम गणले जनाएको छ। दौडमा सहभागी सबैभन्दा सानो उमेरकी हिलसाइड स्याम्पल बोर्डिङका छात्रा रोसिका दाहाललाई पनि नगद पुरस्कार प्रदान गरिएको छ। दौड प्रतियोगितामा १५१ जना पुरुष र ५४ जना महिलाले भाग लिएका थिए।
प्रतियोगिताका विजयी धावकहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं ७ गुल्म हेडक्वाटर हलेसीका प्रमुख प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपाने, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बुढाथोकी, रणभीम गण मुडे ब्यारेकका प्रमुख, प्रमुख सेनानी केदारप्रसाद लामिछाने र प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले पुरस्कार प्रदान गर्नुभएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology