समायोजन खबर खोटाङ, हर्क साम्पाङको श्रम संस्कृति पार्टीले जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानीबजारमा श्रमदान गरेको छ।
पार्टीका जिल्ला संयोजक प्रताप राई, सह–संयोजक उमा चाम्लिङ राई, जिल्ला सदस्य सुर्य राई, राजेन्द्र राई, शुभराज राई, नरेश राईको उपस्थितिमा करीव ७० जनाको टोलीले श्रमदान गरेको हो।
श्रमदान अन्तर्गत इलाका प्रहरी कार्यालयदेखि हटिया लाईनसम्म फालिएका खाली बोतल र प्लाष्टिक टिप्ने तथा बन्द भएको ढलको नाली खोल्ने, सडकलाई अवरोध पु¥याउने झारपात र बुट्यान हटाईएको छ।
यस्तै, सुर्य राईको अध्यक्षतामा २३ सदस्यीय जन्तेढुंगा गाउँपालिका समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा गीता राई, सचिवमा विष्णु राई, सह–सचिवमा संजिव बस्नेत, कोषाध्यक्षमा सुजना राई र सह–कोषाध्यक्षमा पविता तामाङ राई रहेकी छन्।
डम्बर्खुशिवालयमा भविराज राई, चिसापानीमा प्रेमकुमार राई र काहुलेमा सिद्दीराज राईलाई वडा संयोजकको जिम्मेवारी दिईएको श्रम संस्कृति पार्टीका जिल्ला संयोजक राईले बताए। उनका अनुसार साकेला गाउँपालिकामा सागर किरातीको अध्यक्षतामा १५ सदस्यीय पालिका समिति गठन गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology