समायोजन खबर खोटाङ, खोटाङमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ। बराहपोखरी गाउँपालिका–६ मौवाबोटे सिन्ताङ दापसाका कर्ण बहादुर राईको ढुंगा माटोले बनेको घरमा सोमबार बिहान आगलागी हुँदा उक्त क्षति भएको हो।
चुलोमा आगो बाल्ने क्रममा अचानक आगो सल्किदा घर, घरभित्रको अन्नपात, लत्ताकपडा, सुनचाँदी, सोलार प्यानल सेट र नगद ८० हजार समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगोलाई स्थानीय र प्रहरीले बिहान ८ बजे पूर्णरुपमा नियन्त्रणमा लिएका थिए। आगलागीबाट मानवीय र चौपायमा क्षति नभएको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology