समायोजन खबर खोटाङ, कोशी प्रदेश सरकारले खानीडाँडा विमानस्थलदेखि याम्खा रातामाटा हुँदै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको केन्द्र याङसोलाटार–पञ्चमीबजार–थामखर्क सडक कालोपत्रे गर्नलाई क्रमागत योजनामा राखेको छ।
आर्थिक वर्ष २०८२/०८३ मा संघीय समपूरक अनुदान अन्तर्गत कोशी प्रदेश सरकारबाट कार्यान्वयन हुनेगरी उक्त सडकलाई क्रमागत योजनामा राखिएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जानकारी दिनुभयो।
आर्थिक वर्ष २०८२/०८३ देखि कार्यान्वयन भई तीनवर्षमा कालोपत्रे गरिसकिने २९ किलोमिटर सडक योजानका लागि ३० करोड बजेट विनियोजन गरिएको छ।
हालका कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राई तत्कालिन दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष हुँदाको कार्यकालमा खाल्लेको आहालेदेखि याम्खाको रातमाटासम्म छोटो दुरीको सडक निर्माण गरिएको थियो। त्यसपछि खाल्ले र याम्खाको सीमाना भएर बग्ने साप्सुखोलास्थित बाटोफेदीमा राईकै कार्यकालमा ४० मिटर लम्बाई र ६ मिटर चौडाईको मोटरेबल पुल निर्माण गरेर सञ्चालन गरिएको थियो।
खाल्लेको आहालेदेखि याम्खा हुँदै रातमाटा सडकमा जोडिए याङसोलाटार पञ्चामीबजार हुँदै थामखर्क विमानस्थल पुग्ने यो सडक कच्ची हुँदा बर्खामा यातायातका साधन चालउन हम्मेहम्मे हुँदै आएको छ। कच्ची सडककै कारण दक्षिणी भेगका नागरिकले सदरमुकाम दिक्तेलबजार आउनजान शास्ती खेप्नु परिरहेको छ।
अब सडक कालोपत्रे भएसँगै दक्षिणी भेगका नागरिकहरुको यात्रा छोटिने मात्रै हैन सहज र समयको सदुपयोग हुनेछ। स्थानीय उत्पादनहरु वाहिर पठाउन पनि सहज हुनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology