• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बुद्धिचाल र टेवलटेनिसमा च्याम्पियन खेलाडीको भिडन्त जारी

बुद्धिचाल र टेवलटेनिसमा च्याम्पियन खेलाडीको भिडन्त जारी


समायोजन खबर
  • बुधबार, जेष्ठ १ २०८२

  • समायोजन खबर खोटाङ,खोटाङमा भईरहेको राष्ट्रिय बुद्धिचाल र टेवलटेनिस प्रतियोगितामा नेपाल च्याम्पियन खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन्।

    नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा भईरहेको दोश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव अन्तर्गत बुद्धिचाल र टेवलटेनिसमा प्रतिस्पर्धा भईरहेको हो।

    माटिकोरेस्थित बहुउद्देश्य कबर्डहलमा बैशाख ३० गतेदेखि टेवलटेनिस र जिल्ला समन्वय समितिको सभाहलमा बुद्धिचाल प्रतियोगिता चलिरहेको छ । यी दुबै प्रतियोगिताको खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत पर्शुरामले उद्घाटन गरेका हुन्। उद्घाटनमा कबर्डहलमा किरात संस्कार संस्कृतिमा प्रयोग हुने विभिन्न सामाग्रीहरु सिंगारिएर राखिएको थियो। सदस्य सचिव बस्नेतले ढोल बजाएर प्रतियोगिताको उद्घाटन गरेका थिए। आयोजकका अनुसार बुद्धिचालमा बहालवाला नेपाल च्याम्पियन रौतहटका रुपेश जैसवाल, पूर्व च्याम्पियनहरु झापाका राजन सुवेदी, काठमाण्डौका नवीन तण्डुकार, ललितपुरका बद्रीलाल नेपालीसहित ४१ जनाले प्रतिस्पर्धा गरिरहेका छन्।

    बुद्धिचालमा प्रथम, दोश्रो, तेश्रो हुनेले २५ हजार, १५ हजार, १० हजार तथा चौथोले ८ हजार, पाँचौले ७ हजार, छैटौदेखि दशौसम्म हुनेले ४ हजारका दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
    बुद्धिचालमा खोटाङ प्रथमले ५ हजार, खोटाङ द्धितीयले ४ हजार, खोटाङ तृतीयले ३ हजार तथा नगरपालिका वेस्टले २ हजार ५००, वेस्ट महिला, वेस्ट भेट्रान्स र वेस्ट अनरेटेडले जनही ३ हजार, वेस्ट सिक्सटीनले २ हजार ५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

    यस्तै, टेवलटेनिसमा ५४ जनाले प्रतिस्पर्धा गरिरहेका छन्। लिककम नकआउटका आधारमा भईरहेको प्रतिस्पर्धामा १९ वर्षमूनिमा ४ जना महिलासहित १९ वर्षमूनिको पुरुषमा २४ जना पुरुष सिनियरमा २६ जना प्रतिस्पर्धी छन्।खुल्ला सिनियर पुरुष टेबलटेनिसमा प्रथम हुनेले २५ हजार, दोश्रो हुनेले १२ हजार ५००, तृतीय हुने दुईजनाले जनही ६ हजार २५०, खुल्ला जुनियर पुरुष टेबलटेनिसमा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेले ७ हजार ५००, तृतीय दुईजनाले ३ हजार ७५० का दरले पुरस्कार पाउनेछन्।

    खुल्ला जुनियर महिला टेबलटेनिसमा प्रथमले १० हजार, दोश्रोले ५ हजार र तृतीय हुने दुईजनाले २ हजार ५०० का दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। यी दुबै प्रतियोगिता बैशाख ३१ गते सकिनेछ।

    महोत्सव अन्तर्गत गत बैशाख २७ गते हाफ म्याराथनसहित विभिन्न दौड प्रतियोगिता भएको थियो। हाफ म्याराथनको सबै उपाधी आर्मीले जितेको थियो । महोत्सव अन्तर्गत अब जेठ ४ गते साहित्य महोत्सव हुने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सन्जय कुमार राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology