• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हाफ म्याराथनको उपाधि आर्मीलाइ

हाफ म्याराथनको उपाधि आर्मीलाइ


समायोजन खबर
  • शनिबार, बैशाख २७ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारमा भएको खुला हाफ म्याराथनको उपाधि आर्मीले जितेको छ।

    नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा शनिबार भएको दोश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव अन्र्तगत महिला पुरुषकै उपाधि आर्मीले जितेको हो।

    हाफ म्याराथनमा आर्मीका सञ्जय श्रेष्ठ प्रथम भए। उनले १ घण्टा ८ मिनेट १४ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए। १ घण्टा ९ मिनेट २० सेकेण्डमा निर्धारित दुरी पार गरेर नरेन्द्र सिं रावत दोश्रो र १ घण्टा ९ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गरेर सुशिल शाही तेश्रो भएका छन्।

    महिलातर्फ आर्मीका पूर्णलक्ष्मी न्यौपाने प्रथम भईन्। उनले १ घण्टा २७ मिनेट १६ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिईन्। १ घण्टा २७ मिनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गरेर निर्मला केसी दोश्रो र १ घण्टा २७ मिनेट ४९ सेकेण्डमा निर्धारित दुरी पार गरेर निशा सार्की तेश्रो भईन्।

    महिला पुरुष हाफ म्याराथनमा प्रथम, दोश्रो र तेश्रोले ७७ हजार ७७७, ५५ हजार ५५५, २५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र, ट्रफी पाएका छन्।

    दश वर्षमूनिको एक माईल दौडमा छात्रतर्फ जनजागृति मावि सोल्माका एन्जल राई प्रथम, दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयका विधान जोशी दोश्रो र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका जिवान्स आचार्य तेश्रो भए। छात्रातर्फ भोजपुरकी निस्मा राई प्रथम, श्रमावि लफ्याङकी श्रद्धा राई दोश्रो र योगिना राई तेश्रो भईन्। उनीहरुले क्रमशः तीन हजार, दुई हजार, एक हजारका दरले पुरस्कार प्राप्त गरेका छन्।

    १२ वर्षमूनिको छात्राछात्र दुई किलोमिटर अन्तर्गत छात्रातर्फ भोजपुरकी करिना राई प्रथम, केपिलासगढी गाउँपालिकाकी सरु राई दोश्रो र श्रीमावि लफ्याङकी मन्दिरा श्रेष्ठ तेश्रो भईन्। छात्रतर्फ भोजपुरका सफल राई प्रथम, हिलसाईड स्याम्पल बोर्डिङका निशान केसी दोश्रो र जनजागृति मावि सोल्माका लिलाम राई तेश्रो भए। उनीहरुले क्रमशः चार हजार, तीन हजार र एक हजार पाँच सय पुरस्कार प्राप्त गरेका छन्।

    ६० वर्षमाथि पुरुषको दुई किलोमिटर दौडमा इलामका बुद्धवीर लामा प्रथम, ललितपुरका पुष्पलाल श्रेष्ठ दोश्रो र निल बहादुर विश्वकर्मा तेश्रो भएका छन्। आमाहरुको पाँच किलोमिटर दौडमा रणभीम गण मुडे ब्यारेकका सुस्मा तामाङ प्रथम, दिक्तेलकी सरिना राई दोश्रो र मुगासरा राई तेश्रो भईन्। ६० वर्षमाथि पुरुषको दुई किलोमिटर र आमाहरुको पाँच किलोमिटर दौडमा प्रथम, दोश्रो, तेश्रो हुनेले पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सयका दरले पुरस्कार प्राप्त गरेका छन्।

    १२ वर्षदेखि १५ बर्षमूनिको छात्रछात्रा सात किलोमिटर दौड अन्तर्गत छात्रतर्फ केपिलासगढी गाउँपालिका–३ बासपानीका सम्राट राई प्रथम, दिक्तेलका कृष्ण राई दोश्रो र सोल्मामा अनिश कार्की तेश्रो भए। छात्रातर्फ भोजपुरकी जुही राई प्रथम, उर्लाबारीका पुजा महतारा दोश्रो र भोजपुरका विनिता राई तेश्रो भईन्। उनीहरुले क्रमशः सात हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सय पुरस्कार पाएका छन्।

    ३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको ७ किलोमिटर दौडमा काठमाण्डौका धर्म महर्जन प्रथम, पुलिस क्लबका भूमिराज राई दोश्रो र बाम्राङका शिवप्रसाद राई तेश्रो भए। उनीहरुले क्रमशः १५ हजार, दश हजार र सात हजार पुरस्कार प्राप्त गरेका छन्।

    १५ वर्ष माथिको पुरुष महिला दश किलोमिटर दौडमा पुरुषतर्फ काठमाण्डौका गजेन्द्र राई प्रथम, सिन्धुपाल्चोकका मिङमार सिंगि लामा दोश्रो र जुम्लाका प्रकाश कठायत तेश्रो भए। महिलातर्फ त्रिभुवन आर्मीका सृजना पाण्डे प्रथम, प्रहरीका सुमित्रा कुमारी चौधरी दोश्रो र रणभीम गण मुडे ब्यारेकका सृजना राई तेश्रो भईन। उनीहरुले क्रमशः १५ हजार, दश हजार, सात हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

    दौड तथा हाफ म्याराथन दिक्तेलबजार हुँदै दिक्तेल नेर्पामा पर्ने मध्यपहाडी लोकमार्गमा भएको थियो। हाफ म्याराथनका लागि केन्याबाट जोन इकीरु केलाई समेत दिक्तेलबजार आएका थिए । प्रतियोगितामा आँठौ स्थानमा आएका उनलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

    महोत्सव अन्तर्गत बैशाख ३० र ३१ गते टेवलटेनिस र बुद्धिचाल प्रतियोगिता तथा जेठ ४ गते साहित्य महोत्सव हुने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सन्जय कुमार राईले बताए। जिल्लाका दश स्थानीय तह र शुभेच्छुकहरुको सहयोगमा महोत्सव गरिएको हो। महोत्सवका लागि ३९ लाख ५५ हजार ८७ रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology