• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विज्ञान संकायमा विशेष योगदान दिने दुई शिक्षक पुरस्कृत

विज्ञान संकायमा विशेष योगदान दिने दुई शिक्षक पुरस्कृत


समायोजन खबर
  • बिहिबार, माघ २४ २०८१

  • शिक्षकद्धय अजिन्द्र लिम्बु र रामबाबु यादवलाई पुरस्कार प्रदान गर्नुहुंदै प्रतिनिधिसभा सदस्य सरस्वती वजिमय लगायत।

    समायोजन खबर खोटाङ,दिक्तेलबजारमा अवस्थित सरस्वती माध्यमिक विद्यालयले दुईजना शिक्षकलाई पुरस्कृत गरेको छ। विद्यालयको ७२ औं वार्षिक उत्सवको अवसरमा माघ २३ गते विज्ञान शिक्षक अजिन्द्र लिम्बु र रामबाबु यादवलाई पुरस्कृत गरेको हो।

    चालू शैक्षिक सत्रबाट कक्षा–११ मा सुरु गरिएको विज्ञान विषय संञ्चालनमा विशेष योगदान पु¥याउनु भएकाले शिक्षकद्धय लिम्बु र यादवलाई जनही दश हजारसहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको प्रधानाध्यापक शिवहरी ढकालले जानकारी दिनुभयो।

    वार्षिक उत्सवको प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले उदघाटन गरेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्दिरा बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई लगायतको उपस्थिति थियो।

    वार्षिक उत्सवकै अवसरमा बुधबार विद्यालयका प्रअ ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। २१ माघ अर्थात सरस्वती पूजाका दिनदेखि सुरु भएको वार्षिक उत्सव २५ माघमा समापन हुनेछ। यसबिचमा विभिन्न कार्यक्रमहरु रहेको विद्यालय श्रोतले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology