Samayojan khabar

Advertisment

SKIP THIS

शहिद ठुलकुमार श्रेष्ठको स्मृतिसभामा विद्यार्थीलाई झोला र स्टेशनरी

शहिद ठुलकुमार श्रेष्ठको स्मृतिसभामा विद्यार्थीलाई झोला र स्टेशनरी


समायोजन खबर
  • शनिबार, पौस २७ २०८१

  • विधार्थीलाई झोला वतरण गर्दै शहिद ठुलकुमार श्रेष्ठका कान्छा जुुवाइँ ओमप्रकाश घिमिरे।

    समायोजन खबर खोटाङ, खोटाङको पहिलो शहिद ठुलकुमार श्रेष्ठको २६ औं स्मृतिसभा कार्यक्रमका अवसरमा विधार्थीलाई झोला र स्टेशनरी सामाग्री वितरण गरिएको छ।

    शुभद्रा–मदन फाउण्डेसनले दिक्तेलको सोल्मामा सञ्चालन गरिरहेको जनजाग्रती माविमा शनिबार स्मृतिसभा गरेर उक्त विद्यालयमा अध्ययनरत विपन्न १० जना विधार्थीलाई झोला तथा १२० जना विधार्थीलाई कापी र कलम वितरण गरिएको हो।

    शहिद ठुलकुमारका माइली छोरी कुसुम श्रेष्ठको अध्यक्षतामा स्मृतिसभा गरेर कान्छी छोरी कान्ती श्रेष्ठ र जुवाई ओमप्रकाश घिमिरेले विधार्थीहरुलाई झोला, कापी र कलम वितरण गरेका हुन्।
    स्मृति सभामा शहिद ठुलकुमारलाई उनका समकालिन साथी नुरकाजी सैंजु र उनलाई अध्यापन गराउने शिक्षक झनक थापाले सम्झना गरेका थिए।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाका शहिद ठुलकुमारलाई २०५५ साल पुस २७ गते उदयपुरको तावाश्रीस्थित साखोलामा तत्कालिन राज्यपक्षले बर्बरतापूर्वक हत्या गरेका थिए। शहिद ठुलकुमारको श्रीमती र तीन छोरी छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology