समायोजन खबर खोटाङ, काठमाण्डौबाट भोजपुर आउँदै गरेको यात्रुवहाक बस दुर्घट्नामा मृत्यु भएका दुईजना पुरुषमध्ये एकजनाको परिचय खुलेको छ।
सोमबार दिउँसो मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडी भलखाडामा बाग्मती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस दुर्घट्नाका मृतकमध्ये एकजना भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासका बुद्धिमान तामाङ रहेको खुलेको हो।
संग्रिला बैंकको एटिएम र खोटाङ यातायात प्रालिको टिकटका आधारमा तामाङको परिचय खुलेको सिन्धुली प्रहरीले जनाएको छ। अर्को मृतक पुरुषको अझै परिचय खुलेको छैन।
मृतकहरुको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ। गम्भीर घाइते दुईजनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र जानकी अस्पताल जनकपुरमा आइसीयुमा उपचार भईरहेको छ।
अन्य १७ जनालाई उपचारमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ।
गाडीमा सवारमध्ये धेरैजना खोटाङको रहेको बताईएको छ। गाडीमा कतिजना सवार थिए भन्ने अझै यक्किन भईसकेको छैन। तीव्र गतिका कारण गाडी दुर्घट्नामा परेको बताईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology