• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सहयोगापेक्षी सडक आश्रितको उद्धार

सहयोगापेक्षी सडक आश्रितको उद्धार


समायोजन खबर
  • शनिबार, भाद्र २९ २०८१

  • सरसफाई र कपडा बदलेपछि उद्धार गरिएका व्यक्तिसँग फोटो खिचाउँदै प्रहरी।

    समायोजन खबर खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले सहयोगापेक्षी सडक आश्रित एकजना पुरुषको उद्धार गरेको छ। वर्षौदेखि जंगलमा सुत्ने, शारीरिक र मानसिक रूपमा कमजोर, आँखा नदेख्ने, खुट्टा सुन्निएको, नाम, थर, ठेगाना थाहा नभएको, आफूलाई शुक्र बहादुर रम्तेल बताउने ६५ वर्षीय पुरुषको उद्धार गरेको हो।

    सडक आश्रित ती व्यक्तिलाई भदौ २८ गते जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्कासहितको प्रहरी टोलीले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको साल्पाडाँडास्थित जंगलमा फेला पारी उद्धार गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो।

    उद्धार पश्चात जिल्ला प्रहरी कार्यालय ल्याइएका व्यक्तिलाई आवश्यक सरसफाई र नयाँ लत्ताकपडा बितरण गरी जिल्ला अस्पतालमा स्वास्थ्य चेकजाँच गराएर शनिबार बिहान सार्वजनिक गाडीमा प्रहरी टोलीको साथ लगाई मानवसेवा आश्रम बिराटनगरमा थप उपचार तथा अन्य व्यवस्थापनको लागि पठाईएको प्रनाउ खड्काले बताउनुभयो।

    सहयोगापेक्षी सडक आश्रित पुरुषको उद्धार गर्नुपूर्व उनको अवस्थाको बारेमा अनुगमन गर्न जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख खड्कासहित जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र प्रमुख अनुसन्धान अधिकृत नित्यानन्द ढुङ्गाना पुग्नुभएको थियो।

    सहयोगापेक्षी सडक आश्रित मानवमुक्त खोटाङ जिल्ला निर्माणका लागि भदौ २७ गते जिल्ला समन्वय समितिमा जिल्ला प्रहरी कार्यालयको आयोजना र मानवसेवा आश्रम विराटनगरको सहजीकरणमा अन्तरक्रिया गरिएको थियो। अन्तरक्रिया गरिएको भोलिपल्टै सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको हो।

    कसैको पनि सडकमा बास नहोस, कसैले मानसिक स्वास्थ्यकै कारण साङ्लामा नरकीय जीवन जिउनु नपरोस भन्ने उद्देश्यले सहयोगापेक्षी सडक आश्रितहरुको उद्धार अभियान थालिएको हो।
    यसअघि दिक्तेलबजारको सडकमा आश्रित एकजना पुरुष र एकजना महिलाको उद्धार गरी मानवसेवा आश्रम बिराटनगरमा थप उपचार तथा अन्य व्यवस्थापनको लागि पठाईएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology