• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सम्झौता भएको नौ वर्षमा पनि बनेन विद्यालय भवन

सम्झौता भएको नौ वर्षमा पनि बनेन विद्यालय भवन


समायोजन खबर
  • बिहिबार, साउन ३१ २०८१

  • लक्ष्मी माविमा निर्माण हुनुपर्ने दुईतले चारकोठे भवनको अलपत्र पिल्लर र घडेरीमा पलाएको झारैभार।

    समायोजन खबर खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित लक्ष्मी मावि खोक्सेलीको दुईतले चारकोठे भवन सम्झौता भएको नौ वर्षसम्म पनि बन्न सकेको छैन।

    विद्यालय सुधार कार्यक्रम अन्तर्गत तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट आर्थिक वर्ष २०७१/०७२ मा विनियोजन भएको २४ लाख बजेटबाट बनिसक्नुपर्ने भवन, अहिलेसम्म लथालिङ्ग छ पिल्लर मात्रै ठडिएको छ। घडेरीमा झारैझार पलाएको छ।

    तत्कालिन प्रधानाध्यापक राजेन्द्र प्रसाद दाहाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पृथ्बी दाहालले सम्झौता गरेर उक्त शिर्षकमा निकासा भएको २४ लाखमध्ये पेटी ठेक्का प्रक्रियामा योजना सम्पन्न गराउन बडहरे बाङ्माका अर्जुन तामाङलाई पहिलो पटक ८ लाख र २०७४ साल बैशाख १५ गते ८ लाख गरी १६ लाख बुझाएका थिए।

    तर, तामाङले घडेरी सम्याउने र पिल्लर ठड्याउने काम मात्रै गरेको देखिन्छ। भवन बन्नै सकेन। भवन किन बन्न सकेन भनेर तामाङलाई बुझन पटक–पटक फोन गर्दा उहाँको फोन उठेन। बाँकी ८ लाख सैद्धान्तिक रुपमा विद्यालयमा मौजात रहेको देखिए पनि सो वजेट विवरणका लागि तत्कालिन अवस्थाको बैंक स्टेटमेन्ट हेर्नुपर्ने देखिएको तर, उक्त बैंक स्टेमेन्ट तत्कालिन प्रअ दाहालकै जिम्मामा रहेको पाईएकाले हेर्न नमिलेको वर्तमान प्रधानाध्यापक नयन कुमार राईले साउन २९ गते नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई विवरण पेश गरिएको पत्रमा उल्लेख छ।
    विद्यालयमा मौजात रहेको ८ लाखको बैंक स्टेटमेन्ट उहाँहरुसँगै भएको तत्कालिन प्रअ दाहालले बताउनुुभयो। ‘बैंक स्टेटमेन्ट दिनुन भनेर निकै भने, छैन–छैन भन्नुहुन्छ, पत्र बनाईदिनु न प्रतिलिपि निकाल्छु भन्दा न पत्र दिनुहुन्छ, न स्टेटमेन्ट दिनुहुन्छ।’ दाहालले भन्नुभयो, “उहाँहरुकै जिम्मामा छ स्टेटमेन्ट।”

    श्रोतका अनुसार विद्यालय भवनका विषयमा अख्तियारमा मुद्दा चलिरहेको बताईएको छ। वडाध्यक्ष एवंम वडा शिक्षा समिति संयोजक किशोर कुमार बस्नेतले पनि भवन बनाउने काम सुरु भएको तर, अहिलेसम्म त्यसै रहिरहेको बताउनुभयो। भवनका विषयमा प्रतिक्रिया लिन फोन गर्दा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख एवंम् नगर शिक्षा समिति संयोजक बिमला राईको फोन उठेन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology