• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता


समायोजन खबर
  • शनिबार, माघ १३ २०८०

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुंदै कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ लगायत।

    समायोजन खबर खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चौथो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सालपा खेलमैदानमा ३० स्वर्ण पदक निम्ति प्रतियोगिता सुरु भएको हो।
    प्रतियोगिताको कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले चारवटा दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको थियो। तीन दिवसीय प्रतियोगितामा छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड, चारजनाले पालैपालो दौडने १०० मिटर रिले दौड, चारजनाले पालैपालो दौडने ४०० मिटर रिले दौड, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प, कबड्डी र भलिबलमा एक/एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।
    प्रतियोगितामा नगरभित्रका १२ वटा मावि र दुईवटा संस्थागत विद्यालयको सहभागिता छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको नौ लाखसहित दश लाखमा प्रतियोगिता सम्पन्न गरिने नगरपालिकाका खेल संयोजक मिलन कसजुले जानकारी दिए । कसजुका अनुसार प्रतियोगितामा छात्रातर्फ २९० जना र छात्रतर्फ २६१ जना विधार्थी खेलाडीले प्रतिस्पर्धा गर्नेछ।
    प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाणपत्र पाउने छन्। दोश्रो र तेश्रो हुने विद्यालयले कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक विधामा प्रथम, दोश्रो र तेश्रो हुने विधार्थी खेलाडीले ट्रफी प्राप्त गर्ने जनाईएको छ। प्रतियोगितामा सहभागी हुने विद्यालयलाई दुरीको आधारमा घटीमा ३० हजारदेखि ५० हजारसम्म खर्च दिईने नगरपालिका श्रोतले जनाएको छ।
    प्रतियोगिता १५ माघमा सकिनेछ। प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउनेछ। गतवर्ष सम्पन्न तेश्रो अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पिपलडाँडा मावि मंगलटार प्रथम भएको थियो।
    हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईको अध्यक्षतामा भएको चौथो अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा लाखे नाच, संगिनी नाच र साकेला शिली देखाईएको थियो। खेलाडीहरुलाई सम्मान गरिएको थियो।
    उद्घाटन कार्यक्रममा मन्त्री गुरुङ, उपमेयर रमेश राउत, प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साह लगायतको उपस्थिति थियो।
    यो पनि,लोभीपापी नेता भएको देशका जनताले सुख पाउँदैन

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology