• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिजयखर्कमा ५० जना विपन्नलाई ब्ल्याङकेट वितरण

बिजयखर्कमा ५० जना विपन्नलाई ब्ल्याङकेट वितरण


समायोजन खबर
  • शुक्रबार, माघ १२ २०८०

  • विपन्नलाई ब्ल्याङकेट वितरण गर्दै नारायण प्रसाद पोखरेल स्मृति समाजका संरक्षक धर्मराज पोखरेल।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिका–१५ बिजयखर्कमा अति विपन्नहरुलाई ब्ल्याङकेट वितरण गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको निर्देशनमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त भएको ५० थान ब्ल्याङकेट ती लक्षित वर्गहरुलाई शुक्रबार(आज) वितरण गरिएको हो।

    बिजयखर्कस्थित जुरेथुम्का सामुदायिक वनको कार्यालय तथा भैरवेश्वर महादेव मन्दिरको प्राङगणमा ‘नारायण प्रसाद पोखरेल स्मृति समाज’ले आयोजकीय व्यवस्थापन गरेर वडाले छनोट गरेको अति विपन्न ५० परिवारलाई लक्षित गरेर ब्ल्याङकेट वितरण गरिएको नारायण प्रसाद पोखरेल स्मृति समाजका सचिव जिवराज पोखरेलले जानकारी दिए।लक्षित वर्गलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दिलीप खत्री, बिजयखर्कका वडाध्यक्ष रामबहादुर कटवाल, नारायण प्रसाद पोखरेल स्मृति समाजका संरक्षक धर्मराज पोखरेल र समाजका अध्यक्ष देवराज शर्माले ब्ल्याङकेट वितरण गर्नुभएको थियो।

    हामीले पहल गरेपछि मन्त्री कार्कीले ब्ल्याङकेट उपलब्ध गराइ दिनुभयो। ५० थान त्रिपाल पनि प्राविधिक कारणले ल्याउन पाईएन । संरक्षक पोखरेलले भने, “त्यो पनि आउँछ।”

    चिसोमा ब्ल्याङकेट पाएपछि खुशी लागेको ब्ल्याङकेट प्राप्त गरेका लक्षित वर्गहरुको भनाई थियो।हेर्नुहोस भिडियो समाचार,

    https://www.facebook.com/samayojankhabar/videos/1083826129595425

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology